Skip to main content

Posts

Grants in Agriculture कृषिमा अनुदान

कृषि क्षेत्रमा अनुदान विभिन्न क्षेत्रबाट कृषि विकास मन्त्रालयबाट वितरण गर्ने अनुदान सम्बन्धमा टिकाटिप्पणी भए लगत्तै कृषि अनुदानका विवरणहरु संकलन हुन थालेको छ । कृषि विकास मन्त्रालयबाट कृषक तथा उद्यमीहरुलाई चालु आर्थिक बर्षमा करिब १२ अरब रुपैयाँ अनुदान स्वरुप वितरण गरिने कार्यक्रम स्वीकृत भएको छ जुन कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत भन्दा पनि कम हो । विश्व व्यापार संगठनको सदस्य भएको नाताले नेपाल जस्तो अल्पविकसित देशले आफ्नो उत्पादनको दश प्रतिशतसम्म रकम अनुदानमा खर्च गर्न सक्ने प्रावधान रहेको छ । कृषि विकास मन्त्रालयले कृषि प्रसार तथा मूल्य श्रृंखलामा आधारित भई विभिन्न कृषक समूह , सहकारी , संस्था तथा उद्यमीहरुलाई प्रस्तुत अनुदानका रकमहरु स्वीकृत कार्यविधि बमोजिम वितरण गर्ने गर्दछ । परम्परागत तरिकाबाट खेती गर्दा भन्दा उन्नत प्रविधिको प्रयोगबाट खेती गर्दा तुलनात्मक रुपमा बढि उत्पादन हुन्छ । यद्यपि , उन्नत प्रविधि प्रायशः बढि खर्चिलो पनि हुन्छ । त्यसैले परम्परागत खेती पद्धति अपनाइरहेका कृषकहरु उन्नत खेती पद्धति तर्फ सहजै आकर्षित भएका छैनन् । साथै नेपालमा अधिकांश कृषक...

Youth Focused Programs under MoAD 2015 [युवा लक्षित कार्यक्रम]

युवा लक्षित कार्यक्रमहरु सम्बन्धी विवरण - कृषि विकास मन्त्रालय  नीतिगत व्यवस्था ¨ राष्ट्रिय कृषि नीति २०६१- शिक्षित बेरोजगार युवाहरुलाई कृषि पेशामा आकृष्ट गर्न कृषि व्यवसाय स्थापना तथा संचालन तालिमको व्यवस्था ¨ तेह्रौं योजना-कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा विकास गरी युवा जनशक्तिलाई व्यवसायिक कृषि तर्फ आकर्षित गर्ने ¨ कृषि विभाग अन्तर्गत संचालित युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ ¨ पशु सेवा विभाग अन्तर्गत संचालित युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ ¨ विदेशमा कृषि सम्बन्धि तालिम तथा उच्च शिक्षा हाँसिल गरी स्वदेशमा व्यवसाय संचालन गर्ने युवाहरुलाई प्रोत्साहन तथा अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७१ ¨ युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७१ ¨ राष्ट्रपति उत्कृष्ठ कृषक पुस्कार वितरण निर्देशिका २०७० ¨ सिमान्तकृत समुदाय लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७२ युवाको परिभाषा  तथा लक्षित वर्ग ¨ १८ देखि ५० बर्ष सम्मका  ¨ विदेश जान खोजेका वा विदेशबाट फर्किएका ¨ स्वदेशमा कृषि व्यवस...

नेपालको संविधानमा कृषि

संविधानमा कृषि संविधानसभाबाट नेपालको संविधान पारित भएको छ । १८१ पृष्ठ लामो संविधानमा ३५ भाग र ३०८ धाराहरु रहेका छन् । प्रस्तुत धाराहरु मध्ये केहि धाराहरुले कृषि क्षेत्रलाई पनि महत्वका साथ उल्लेख गरेको छ । संविधानले हरेक नागरिकको मौलिक हकको रुपमा प्रत्येक नागरिकको खान पाउनुपर्ने अधिकार सुनिश्चित गरेको छ । साथै राज्यका नीतिहरु मार्फत कृषि क्षेत्रलाई सम्बोधन गरिएको छ । यस संविधानले किसान तथा कृषि क्षेत्रमा संलग्न तथा आश्रितहरुसँग सम्बन्धित विभिन्न विषयहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । भूमिहिन तथा साना किसानहरुको बारेमा समेत संविधानको धाराहरुमा उल्लेख भएका छन् भने व्यवसायिक तथा आधुनिक कृषिको बारेमा परिकल्पना गर्दै वातावरण मैत्री एवं जलवायु अनुकूल खेतीका बारेमा पनि विधिवत व्यवस्था गरेको छ । रोजगारी र अन्य विभिन्न बहानामा देशका युवा शक्ति पलायन हुँदा देशमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन पुगेको छ । जसले गर्दा कतिपयस्थानमा जग्गाहरु बाँझो रहन गएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै जग्गाको सदुपयोगको कानूनी व्यवस्था गर्न खोजिएको छ । जग्गाको आकार सिमित छ जसले गर्दा बढ्दै...

कृषि क्षेत्रको विकासका खातिर

कृषि क्षेत्रको विकासका खातिर नेपालको राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ । कृषि उत्पादन र कृषि उत्पादनमा आधारित विभिन्न उद्योगहरु नै राष्ट्रिय अर्थतन्त्रको मूख्य खम्बाहरु हुन् । छैठौं कृषि गणना , 2068 को प्रतिवेदन अनुसार करिब ३४ लाख ( ७० प्रतिशत ) घरधुरी कृषि उत्पादनमा संलग्न रहेका छन् । ती घरधुरीमा कृषि सम्बन्धी प्राविधिक तथा अन्य सेवा सुविधा प्रचार प्रसार गर्न कृषि विकास मन्त्रालय जिम्मेवार निकायको रुपमा रहेको छ । कृषि विकास मन्त्रालयको विद्यमान संरचनामा 9469 जनाको दरबन्दी रहेको छ जसमा प्राविधिकहरु जम्मा ४९८५ जना मात्र रहेका छन् । आम कृषकहरुलाई सेवा प्रवाहमा पहुँच सहज गर्न स्थापित सेवा केन्द्र/उपकेन्द्रको संख्या जम्मा १३७७ वटा ( कृषि-378 र पशु सेवा-999 ) छन् । कृषि क्षेत्र एक्लैले कुल गार्हस्थ उत्पादनमा एक तिहाई भन्दा धेरै योगदान दिने भएकोले कृषि क्षेत्रलाई नेपालका अधिकांश आवधिक योजना र नीति तथा कार्यक्रमहरुमा प्राथमिकता दिइएको पाईन्छ । आर्थिक सर्वेक्षण 2071 अनुसार आ.ब. २०७१/७२ मा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन रु. २३८ . १ अर्ब (आधारभूत मू...

Agriculture Mechanization and Employment

http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1801-nagarik-26-may-2014/2-nagarik.html

सोच कृषिको

सोच कृषिको_सन्तोष अधिकारी नेपालमा कृषि क्षेत्रको अति नै महत्व छ तर पनि अधिकांश युवाहरुको यस तर्फ आकर्षण बढ्न सकेको छैन । यस लेखमा कृषि पेशामा भविष्य देख्ने केहि नमुना पात्रहरुको चर्चा गरेको छु । कृषिमा व्यवसायिकता देखी व्यवसाय संचालन गर्ने यी धेरै सानो नमुना मात्र हुन् । यस्ता धेरै उद्यमीहरुको बारेमा चर्चा गर्न अध्ययनको कमि भएको म स्वीकार्छु । लेख तयारी कै क्रममा तथा प्राप्त सुझावहरुको आधारमा  थप नमुना हरु कान्तिपुरको २०७० फाल्गुण ७ गतेको विशेषांकमा प्रकाशित भएको छ । http://go-to-santosh.blogspot.com/2015/07/who-have-anticipated-their-future-in.html यद्यपि यो पनि पुरा कदापि होईन ।

कौशी खेती roof top farming

Roof Top Farming- Nepali