Skip to main content

Posts

Showing posts from March, 2016

नेपाल कृषि प्रधान देश वा कृषक प्रधान ?

हरेक बर्ष असार श्रावण महिनामा जब धान रोपाईँको बेला हुन्छ तब धान रोपाईको अवस्थालाई आधार बनाई नेपालको अर्थतन्त्रको आकार अनुमान गरिन्छ । विगत १५ वर्षको आर्थिक सर्वेक्षण अनुसार कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले करिब एक तिहाई भन्दा बढि योगदान दिदै आएको देखिन्छ । त्यसैगरी , धानबाली एक्लैले कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमध्ये करिब २० प्रतिशत हिस्सा ओगट्दै आएको छ । त्यसैले धान रोपाईँको क्षेत्रफल र उत्पादकत्व राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण छ । धान लगायत विभिन्न बाली , तरकारी , फलफूल , माछा , मासु , दुध र अण्डा आदिको उत्पादनले कुल राष्ट्रिय गार्हस्थ उत्पादनमा सबै भन्दा धेरै योगदान गर्ने भएकोले नेपाललाई कृषि प्रधान देशको रुपमा परिभाषित गरिदैं आएको छ । एक तिहाई भन्दा धेरै योगदान दिने , ७० प्रतिशत भन्दा बढि कृषक घरधुरी भएको र दुई तिहाई भन्दा धेरै रोजगारी दिलाउने भएकोले सरकारका नीति तथा कार्यक्रमहरुमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको पाइन्छ । नेपालको संस्थागत र योजनाबद्ध विकास २०१३ सालदेखि पहिलो पञ्चबर्षिय योजना मार्फत शुरु भएको अवस्थामा पनि कृषि क्षेत्रलाई प्राथमिकताको

कृषि विकासमा कहाँ चुक्यौं हामी ?

कहाँ चुक्यौं हामी ? नेपालमा अधिकांश नीति तथा योजनाहरुको प्रमुख उद्देश्यमा कृषि उत्पादन अभिवृद्धि गर्दै स्थानीय रोजगारीका अवसर श्रृजना गर्नु र खाद्य सुरक्षा सुनिश्चित गर्नु उल्लेख भएको हुन्छ । तथापि , कृषि विकासको ९५ बर्ष भन्दा लामो संस्थागत प्रयासबाट पनि ती उद्देश्यहरुको सम्बन्धमा आशातित सफलता हाँसिल गर्न सकिरहेको छैन । यस सन्दर्भमा हाम्रो मुख्य कमजोरी कहाँ छ पत्ता भनी लगाउनु जरुरी छ । कृषि क्षेत्र मूलुकको मूख्य रोजगारप्रदायक क्षेत्रको रुपमा रही कुल राष्ट्रिय रोजगारीमा दुई तिहाई हिस्सा ओगट्ने गरेको छ । तथापि , राष्ट्रिय अर्थतन्त्रलाई सहि दिशा तथा गतिमा डो ¥ याउन नसक्दा कृषि क्षेत्रले कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनको एक तिहाई अंश मात्र योगदान गर्न सकेको छ । जसले गर्दा कृषि तथा कृषिमा संलग्न कृषक र कृषि मजदुरको उत्पादकत्व उत्साहजनक नरहेको दृष्टान्त हामी सामु चुनौतिको रुपमा उभिएको छ । अझै पनि कुल गरिब जनसंख्या मध्ये कृषि क्षेत्रमा संलग्न कृषक तथा कृषि मजदुर कै बाहुल्यता रहेको छ । कुनै समय नेपालको खाद्यान्न आयात गर्ने देश दक्षिण कोरियाले अहिले खाद्यान्न होइन मानवश्रोत आयात गरी