Skip to main content

Posts

Showing posts from August, 2017

जन्मदिनको शुभकामना

एक्लो भाको जान्दा जान्दै पनि तिम्ले निर्जन हुन दिएनौ विरक्तेको थाहा हुदा हुदै पनि तिम्ले फेरि रुन दिएनौ अभावमा पनि रमाकै देख्छु खुशीमा हासो बाडेकै छौ एकर्काको परिपूरक तर मलाई कहिल्यै झुक्न दिएनौ । संसारका कति पीर, बोझ कति, उठायौ नि साहसले मेरै खुशी सोच्यौ, आफ्नो कहाँ, मेरो हार हुन दिएनौ जन्मदिनको अवसरमा के दिउँ म, के मागुँ तिमीसँग अग्निको फेरो सातै जुनिको भो, एउटैले त पुग्न दिएनौ तिमी र म, अनि हाम्रो पुकुको, सानो संसारको साथले शुभकामना तिम्लाई नभनी, मन शान्त हुन दिएनौ । जन्मदिनको धेरै धेरै शुभकामना