Skip to main content

Posts

Showing posts from December, 2015

नेपालको संविधानमा कृषि

संविधानमा कृषि संविधानसभाबाट नेपालको संविधान पारित भएको छ । १८१ पृष्ठ लामो संविधानमा ३५ भाग र ३०८ धाराहरु रहेका छन् । प्रस्तुत धाराहरु मध्ये केहि धाराहरुले कृषि क्षेत्रलाई पनि महत्वका साथ उल्लेख गरेको छ । संविधानले हरेक नागरिकको मौलिक हकको रुपमा प्रत्येक नागरिकको खान पाउनुपर्ने अधिकार सुनिश्चित गरेको छ । साथै राज्यका नीतिहरु मार्फत कृषि क्षेत्रलाई सम्बोधन गरिएको छ । यस संविधानले किसान तथा कृषि क्षेत्रमा संलग्न तथा आश्रितहरुसँग सम्बन्धित विभिन्न विषयहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । भूमिहिन तथा साना किसानहरुको बारेमा समेत संविधानको धाराहरुमा उल्लेख भएका छन् भने व्यवसायिक तथा आधुनिक कृषिको बारेमा परिकल्पना गर्दै वातावरण मैत्री एवं जलवायु अनुकूल खेतीका बारेमा पनि विधिवत व्यवस्था गरेको छ । रोजगारी र अन्य विभिन्न बहानामा देशका युवा शक्ति पलायन हुँदा देशमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन पुगेको छ । जसले गर्दा कतिपयस्थानमा जग्गाहरु बाँझो रहन गएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै जग्गाको सदुपयोगको कानूनी व्यवस्था गर्न खोजिएको छ । जग्गाको आकार सिमित छ जसले गर्दा बढ्दै

कृषि क्षेत्रको विकासका खातिर

कृषि क्षेत्रको विकासका खातिर नेपालको राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ । कृषि उत्पादन र कृषि उत्पादनमा आधारित विभिन्न उद्योगहरु नै राष्ट्रिय अर्थतन्त्रको मूख्य खम्बाहरु हुन् । छैठौं कृषि गणना , 2068 को प्रतिवेदन अनुसार करिब ३४ लाख ( ७० प्रतिशत ) घरधुरी कृषि उत्पादनमा संलग्न रहेका छन् । ती घरधुरीमा कृषि सम्बन्धी प्राविधिक तथा अन्य सेवा सुविधा प्रचार प्रसार गर्न कृषि विकास मन्त्रालय जिम्मेवार निकायको रुपमा रहेको छ । कृषि विकास मन्त्रालयको विद्यमान संरचनामा 9469 जनाको दरबन्दी रहेको छ जसमा प्राविधिकहरु जम्मा ४९८५ जना मात्र रहेका छन् । आम कृषकहरुलाई सेवा प्रवाहमा पहुँच सहज गर्न स्थापित सेवा केन्द्र/उपकेन्द्रको संख्या जम्मा १३७७ वटा ( कृषि-378 र पशु सेवा-999 ) छन् । कृषि क्षेत्र एक्लैले कुल गार्हस्थ उत्पादनमा एक तिहाई भन्दा धेरै योगदान दिने भएकोले कृषि क्षेत्रलाई नेपालका अधिकांश आवधिक योजना र नीति तथा कार्यक्रमहरुमा प्राथमिकता दिइएको पाईन्छ । आर्थिक सर्वेक्षण 2071 अनुसार आ.ब. २०७१/७२ मा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन रु. २३८ . १ अर्ब (आधारभूत मू