Skip to main content

Posts

Showing posts from 2015

नेपालको संविधानमा कृषि

संविधानमा कृषि संविधानसभाबाट नेपालको संविधान पारित भएको छ । १८१ पृष्ठ लामो संविधानमा ३५ भाग र ३०८ धाराहरु रहेका छन् । प्रस्तुत धाराहरु मध्ये केहि धाराहरुले कृषि क्षेत्रलाई पनि महत्वका साथ उल्लेख गरेको छ । संविधानले हरेक नागरिकको मौलिक हकको रुपमा प्रत्येक नागरिकको खान पाउनुपर्ने अधिकार सुनिश्चित गरेको छ । साथै राज्यका नीतिहरु मार्फत कृषि क्षेत्रलाई सम्बोधन गरिएको छ । यस संविधानले किसान तथा कृषि क्षेत्रमा संलग्न तथा आश्रितहरुसँग सम्बन्धित विभिन्न विषयहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । भूमिहिन तथा साना किसानहरुको बारेमा समेत संविधानको धाराहरुमा उल्लेख भएका छन् भने व्यवसायिक तथा आधुनिक कृषिको बारेमा परिकल्पना गर्दै वातावरण मैत्री एवं जलवायु अनुकूल खेतीका बारेमा पनि विधिवत व्यवस्था गरेको छ । रोजगारी र अन्य विभिन्न बहानामा देशका युवा शक्ति पलायन हुँदा देशमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन पुगेको छ । जसले गर्दा कतिपयस्थानमा जग्गाहरु बाँझो रहन गएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै जग्गाको सदुपयोगको कानूनी व्यवस्था गर्न खोजिएको छ । जग्गाको आकार सिमित छ जसले गर्दा बढ्दै

कृषि क्षेत्रको विकासका खातिर

कृषि क्षेत्रको विकासका खातिर नेपालको राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ । कृषि उत्पादन र कृषि उत्पादनमा आधारित विभिन्न उद्योगहरु नै राष्ट्रिय अर्थतन्त्रको मूख्य खम्बाहरु हुन् । छैठौं कृषि गणना , 2068 को प्रतिवेदन अनुसार करिब ३४ लाख ( ७० प्रतिशत ) घरधुरी कृषि उत्पादनमा संलग्न रहेका छन् । ती घरधुरीमा कृषि सम्बन्धी प्राविधिक तथा अन्य सेवा सुविधा प्रचार प्रसार गर्न कृषि विकास मन्त्रालय जिम्मेवार निकायको रुपमा रहेको छ । कृषि विकास मन्त्रालयको विद्यमान संरचनामा 9469 जनाको दरबन्दी रहेको छ जसमा प्राविधिकहरु जम्मा ४९८५ जना मात्र रहेका छन् । आम कृषकहरुलाई सेवा प्रवाहमा पहुँच सहज गर्न स्थापित सेवा केन्द्र/उपकेन्द्रको संख्या जम्मा १३७७ वटा ( कृषि-378 र पशु सेवा-999 ) छन् । कृषि क्षेत्र एक्लैले कुल गार्हस्थ उत्पादनमा एक तिहाई भन्दा धेरै योगदान दिने भएकोले कृषि क्षेत्रलाई नेपालका अधिकांश आवधिक योजना र नीति तथा कार्यक्रमहरुमा प्राथमिकता दिइएको पाईन्छ । आर्थिक सर्वेक्षण 2071 अनुसार आ.ब. २०७१/७२ मा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन रु. २३८ . १ अर्ब (आधारभूत मू

Agriculture Mechanization and Employment

http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1801-nagarik-26-may-2014/2-nagarik.html

सोच कृषिको

सोच कृषिको_सन्तोष अधिकारी नेपालमा कृषि क्षेत्रको अति नै महत्व छ तर पनि अधिकांश युवाहरुको यस तर्फ आकर्षण बढ्न सकेको छैन । यस लेखमा कृषि पेशामा भविष्य देख्ने केहि नमुना पात्रहरुको चर्चा गरेको छु । कृषिमा व्यवसायिकता देखी व्यवसाय संचालन गर्ने यी धेरै सानो नमुना मात्र हुन् । यस्ता धेरै उद्यमीहरुको बारेमा चर्चा गर्न अध्ययनको कमि भएको म स्वीकार्छु । लेख तयारी कै क्रममा तथा प्राप्त सुझावहरुको आधारमा  थप नमुना हरु कान्तिपुरको २०७० फाल्गुण ७ गतेको विशेषांकमा प्रकाशित भएको छ । http://go-to-santosh.blogspot.com/2015/07/who-have-anticipated-their-future-in.html यद्यपि यो पनि पुरा कदापि होईन ।

कौशी खेती roof top farming

Roof Top Farming- Nepali

रासायनिक मलको विकल्प

रसायनिक मलको विकल्प मानवमुत्र बाली उत्पादनको लागि मल , जल , र बीउ लगायतका महत्वपूर्ण उत्पादन सामग्रीहरुको उचित र उच्चतम प्रयोगबाट कृषिको व्यवसायिकरण हुन्छ । यद्यपि ,  एउटै जग्गामा लगातार खेती गरिरहँदा माटोको उर्वराशक्ति क्षय हुँदै गईरहेको छ । यस सन्दर्भमा माटोको उर्बराशक्ति कायम राख्न मलको प्रयोग गर्नु पर्दछ । तर कृषकस्तरमा प्रांगारिक मल , गोठेमल तथा हरियो मलको पर्याप्त उत्पादन हुन नसक्दा रसायनिक मलमा निर्भर हुनु परेको छ । साथै , रसायनिक मलमा बिरुवालाई चाहिने मुख्य खाद्यतत्वहरु तुलनात्मक रुपमा धेरै र विरुवाहरुले तुरुन्त लिनसक्ने भएकोले कृषकहरु रसायनिक मल तर्फ बढि आकर्षित छन् । हाम्रो देशमा रसायनिक मल उत्पादन गर्ने कारखाना नभएको हुँदा रसायनिक मल अनुदानमा बर्षेनी अरबौं रुपैंयाँ खर्च भइरहेको छ । (हेर्नुहोस् तालिका १) । तालिका १ विभिन्न आर्थिक बर्षमा अनुदानमा रसायनिक मल वितरण गर्नको लागि खर्च भएको बजेट क्र.सं. आ.ब. रसायनिक मलमा अनुदानको लागि अनुदानको खर्च भएको बजेट (रु. हजारमा) १ 2065/66 366812 २ 2066/67 1370518 ३ 2

आज फेरि मलाई ... तिम्रो याद आयो

आज फेरी मलाई... आमा तिम्रो हातको याद आयो एक्लै विरक्तिएको म तिम्रो साथको याद आयो । बलापन वा अवोधपन चकचके बानी सधै मेरो भनेको नमानी अटेरी बन्दा तिम्रो लातको याद आयो । आफै मृत्यु शैयामा पल्टिदा.... अब मेरो छोरो कसरी जिउछ भन्ने चिन्ता तिम्रो अन्तिम पटक तिम्रो काखमा निदाएको त्यो रातको याद आयो । जिन्दगीमा सबैथोक खानु तर एउटै हरेस नखानु छोरा हार्दा पनि हौस्याउने तिम्रो जजवातको याद आयो । मेरा दुई छोरा दाया र वाया आँखाको नानी सम्झाइरहने सम्बन्ध गाढा बनाउने तिम्रो वातको याद आयो ।

जसले कृषिमा भविष्य देखे- who saw future in agriculture

https://epaper-beta.ekantipur.com/kantipur/2015-02-19 जसले कृषिमा भविष्य देखे नेपाल कृषि प्रधान देश हो र यहाँका दुई तिहाई जनसंख्याले कृषिलाई खाद्य सुरक्षा , रोजगारी तथा आय आर्जनको प्रमुख श्रोत बनाएका छन् । देशको कुल गार्हस्थ उत्पादनमा पनि कृषि क्षेत्रले सबै भन्दा बढि (३५.३६ प्रतिशत) योगदान गर्दछ । यद्यपि , देशका अधिकांश युवाहरु कृषि क्षेत्रमा खासै रुची राखेको पाईँदैन । दैनिक १३०० भन्दा बढि युवाहरु रोजगार लगायत विभिन्न बहानामा विदेशिने सरकारी तथ्याङ्कमा उल्लेख छ । विदेशिएका युवाहरु मध्ये पनि कतिपय त कृषि पेशामा संलग्न छन् । खासगरी , दक्षिण कोरिया , साउदी अरेबिया , इजरायल , कतार , मलेशिया , जापान लगायतका देशहरुमा कृषि पेशाको लागि कामदारको माग हुन्छ । स्वदेशमा रोजगारीको अवसर नपाउँदा रोजगारीको लागि विदेशिने युवाहरुको संख्या ३० लाख नाघिसकेको अवस्थामा केहि युवा तथा उद्यमीहरु भने नेपालमा नै भविष्य बनाउन लागिपरेका छन् । कोहि बैदेशिक रोजगारबाट फिरेका छन् त कोहि विदेश जानसक्ने युवाहरुलाई स्वदेश फिर्ता गराउन वा विदेश जानबाट रोक्न कृषि क्षेत्रमा लागेका छन् र कृषि क्षेत्रमा व्यवसायिकरणको सम