Skip to main content

Posts

Showing posts from October, 2016

Thank you Traffic Police! धन्यबाद ट्राफिक प्रहरी

धन्यबाद ट्राफिक प्रहरी शहर भनेको सभ्य, शिक्षित अनि अनुशासित मान्छेहरु बसोवास गर्ने स्थान हो भन्ने आम मान्यता हो । नेपालको राजधानी काठमाडौं सबैभन्दा शिक्षित जनसंख्या भएको जिल्ला हो जहाँ ८६ प्रतिशत मानिस शिक्षित छन् । अझ सवारी साधन चलाउने सवारी चालकको कुरा गर्ने हो भने त शत प्रतिशत नै शिक्षित हुन् किनकी सवारीचालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न लिखित परिक्षा पास गर्नृपर्दछ अनि लाइसेन्स विना सवारी चलाउन पाइदैन । यातायात व्यवस्था विभागका अनुसार बागमतिमा हालसम्म १० लाख सवारी दर्ता भएकोमा काठमाडौंमा करिब ५ लाख सवारी साधन गुड्छन् र ती सवारी साधनको व्यवस्थाको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट १०८५ जना तथा विशेष अवसरहरुमा सवारी चाप हेरी जनपद प्रहरी र अन्य स्वयंसेवकहरु खटिइने गरेका छन् तर ट्राफिक जामको समस्या दिनानुदिन बढिरहेको छ । यसले आम मानिसमा ठूलो नैराश्यता पैदा गरेको छ । बढ्दो शहरीकरण सँगै कसैको रहर त कसैको बाध्यताले गर्दा आजकल मोटरसाईकल र साना सवारी साधनको संख्या निकै नै बढेको छ । विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले पनि सवारी खरिदमा दिने किस्तावन्दी सहुलियतले सवारी खरिदलाई