Skip to main content

Posts

Showing posts from July, 2017

यसपाली असार पन्ध्र यसरी मनाउने कि ?

https://www.kantipurdaily.com/opinion/2017/06/29/20170629075726.html?author=1 यसपाली असार पन्ध्र यसरी मनाउने कि ?  किसान र कृषिकर्मीहरुको लागि असार पन्ध्र एउटा महत्वपूर्ण उत्सव हो । मानो रोपी मुरी फलाउने कृषि कर्मको धर्म अनुसार असार पन्ध्रलाई विशेष दिनको रुपमा लिइन्छ । यो दिन खासगरी धान खेतीसँग सम्बन्धित भएर मनाइन्छ भने सरकारले पनि धान खेतीलाई महत्व दिदै सन् २००४ को अन्तर्राष्ट्रिय धान बर्षदेखि निरन्तर राष्ट्रिय धान दिवस मनाउँदै आएको छ ।   संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको प्रतिवेदन अनुसार संसारमा उत्पादित कुल कृषि उत्पादनको एक तिहाई हिस्सा उपभोक्तासम्म पुगेको हुदैन, जुन उपभोक्ताहरुले नै फ्याँकेर तथा प्रशोधनमा नाश भएर खेर गएको हुन्छ । अझ यसको महत्वपूर्ण पाटो के छ भने यसरी खेर गएका कृषि उपजले जलवायु परिवर्तनको कारक तत्व हरितगृह ग्याँस उत्सर्जनलाई बढावा दिइरहेका हुन्छन् । प्रतिवेदनमा यदि यसरी खेर गएका कृषि उपजलाई कुनै एक देश मान्ने हो भने त्यो हरितगृह ग्याँस उत्सर्जन तेश्रो ठूलो देश हुनेछ भनी उल्लेख गरेको छ । जलवायु परिवर्तनले गर्दा पृथ्वीको औसत तापक्रम बढ्दै गएको सन्