Skip to main content

Posts

Showing posts from November, 2017

राम्रा लाई कि हाम्रालाई भोट ?

अहिले निकै चलन चल्तीको चुनावी नारा बनेको छ हाम्रालाई होइन राम्रालाई भोट दिऔं । नारा आफैंमा सारै सुन्दर छ तर नेताहरुको भिडमा साच्चै नै राम्रा नेता छान्नु कम्ता गाह्रो छैन । २०४६ साल पछि भएका विभिन्न चुनावहरुमा हामीले धेरै नेता छान्यौं । कहिले आफ्नो राजनैतिक आस्थाका आधारमा हाम्रा मान्छेलाई छान्यौं त कहिले मन परेका र आशलाग्दा राम्रा उम्मेद्वारलाई विजयी बनाउन सघायौं । कहिले कुनै पनि नेता मन नपरेर विरक्त लागेर कसैलाई भोट नहाली नेता छान्ने जिम्मा अरुलाई नै दियौं । चुनाव पछि राम्राले पनि गर्छु भनेका काम गरेनन् हाम्राले पनि गरेनन् । गरे त आफ्नै नातागोता इष्टमित्रका लागि गरे अनि आफ्नै लागि गरे । कति नेताले त मौकै पनि पाएनन् । अनि उनीहरुले केहि गरेनन् भनेर हामी पहिले पहिले चिया पसलमा र आजकल फेसबुक र ट्विटरका भित्ताहरुमा गाली लेख्न थाल्यौं , उपहास गर्न थाल्यौं । कहिले कसैलाई उखान टुक्का मात्रै भन्न जानेको छ भनेका छौं त कसैले सामान्य नागरिकले सोधेका प्रश्नको जवाफ समेत नदिई झर्किन जानेको छ भनि खिल्ली उडाएका छौं । कसैलाई आफ्ना सन्तान मोहले ढपक्कै ढाकेर जोसँग पनि तालमेल गरेको छ भनेका छौं त कसै