Skip to main content

Posts

Showing posts from April, 2017

आमा तिम्रो आत्माले शान्ति पाओस्

आमा तिम्रो आत्माले शान्ति पाओस् काखमा हुन्छु म तिम्रो त कहिले अ‌ँगालोमा लिन्छौ किनकी सम्झना र सपनामा सधै साथ जो दिन्छौ ।‌ विपनामा शुन्यता भो, भन्छन् तिमी तारा भयौ रे सम्झना मात्र छोडी यहाँ, हामीबाट टाढा गयौ रे । म हाँस्छु रमाउछु सधै नै तिम्लाई कल्पन्छु पनि सफलता र खुशी नै बाड्न नपाई तड्पन्छु अनि । कति धेरै कुरा भन्थे हुँला अनि कति तिम्रा सुन्थें दुख तिम्रा सबै सकिए, अव सुखद दिन हुन्थे । तपस्या गर्यौ धेरै हामी सन्तानको सुख खोजमा तथास्थु कै वरदान पाइ हरायौ कुन लोकमा । एकदिन तिम्रो समय देउ वा एक छिनलाई पिर चिन्ता गर्थ्यौ मेरै नै, हटाउनु छ यिनलाई । तिम्रो पिर - के गर्ला यो छोरोको सारै निर्दोष बानी हात थाम्ने धेरै पाएको छु यो परदेशमा पनि । अब त म आफैं उभिइ सकें र आफै नै हिड्दैछु दुनियाँको तौर तरिका जति तिमी बाट सिक्दै छु । औंला कसैले ठड्याउनन् आत्म सम्मान कमाको छु तिमी जस्तै अरुलाई सेवा गर्नमा नै रमाको छु । मेरो अनि हाम्रो सबको कामना बैकुण्ठ बास होस् जहाँ छौ जसरी छौ आमा तिम्रो आत्माले शान्ति पाओस् । आमा तिम्रो आत्माले शान्ति पाओस् !!! २०७४/१/१३ माता त