आमा तिम्रो आत्माले शान्ति पाओस्
काखमा हुन्छु म तिम्रो त कहिले अँगालोमा लिन्छौ
किनकी सम्झना र सपनामा सधै साथ जो दिन्छौ ।
विपनामा शुन्यता भो, भन्छन् तिमी तारा भयौ रे
सम्झना मात्र छोडी यहाँ, हामीबाट टाढा गयौ रे ।
सम्झना मात्र छोडी यहाँ, हामीबाट टाढा गयौ रे ।
म हाँस्छु रमाउछु सधै नै तिम्लाई कल्पन्छु पनि
सफलता र खुशी नै बाड्न नपाई तड्पन्छु अनि ।
सफलता र खुशी नै बाड्न नपाई तड्पन्छु अनि ।
कति धेरै कुरा भन्थे हुँला अनि कति तिम्रा सुन्थें
दुख तिम्रा सबै सकिए, अव सुखद दिन हुन्थे ।
दुख तिम्रा सबै सकिए, अव सुखद दिन हुन्थे ।
तपस्या गर्यौ धेरै हामी सन्तानको सुख खोजमा
तथास्थु कै वरदान पाइ हरायौ कुन लोकमा ।
तथास्थु कै वरदान पाइ हरायौ कुन लोकमा ।
एकदिन तिम्रो समय देउ वा एक छिनलाई
पिर चिन्ता गर्थ्यौ मेरै नै, हटाउनु छ यिनलाई ।
पिर चिन्ता गर्थ्यौ मेरै नै, हटाउनु छ यिनलाई ।
तिम्रो पिर - के गर्ला यो छोरोको सारै निर्दोष बानी
हात थाम्ने धेरै पाएको छु यो परदेशमा पनि ।
हात थाम्ने धेरै पाएको छु यो परदेशमा पनि ।
अब त म आफैं उभिइ सकें र आफै नै हिड्दैछु
दुनियाँको तौर तरिका जति तिमी बाट सिक्दै छु ।
दुनियाँको तौर तरिका जति तिमी बाट सिक्दै छु ।
औंला कसैले ठड्याउनन् आत्म सम्मान कमाको छु
तिमी जस्तै अरुलाई सेवा गर्नमा नै रमाको छु ।
तिमी जस्तै अरुलाई सेवा गर्नमा नै रमाको छु ।
मेरो अनि हाम्रो सबको कामना बैकुण्ठ बास होस्
जहाँ छौ जसरी छौ आमा तिम्रो आत्माले शान्ति पाओस् ।
आमा तिम्रो आत्माले शान्ति पाओस् !!!
जहाँ छौ जसरी छौ आमा तिम्रो आत्माले शान्ति पाओस् ।
आमा तिम्रो आत्माले शान्ति पाओस् !!!
२०७४/१/१३ माता तिर्थ औँसी
ताज्मानिया, अष्ट्रेलिया
ताज्मानिया, अष्ट्रेलिया
Comments
Post a Comment