Skip to main content

Posts

Showing posts from September, 2016

Rare Nepalese Rupees

NPR 5_Santosh Adhikari NPR 250_Santosh Adhikari NPR 1_Santosh Adhikari For more Rupees samples keep on reading this blog and check for the updates! Thank you for your time. 

घर फर्क युवाहरु

घर फर्क युवाहरु (देशले तिमीहरुलाई खोजेको छ)ः सन्दर्भ अन्तर्राष्ट्रिय युवा दिवस हरेक बर्ष अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने सन्दर्भमा नेपालमा पनि आजकल विभिन्न कार्यक्रमहरु गर्ने प्रचलन बढिरहेको छ । बर्षेनी करिब ५ लाख थप युवाहरु नेपाली श्रम बजारमा प्रवेश गर्ने अवस्थामा १८ बर्ष देखि ३५ बर्षसम्म युवाहरुको हिस्सा ४० प्रतिशत भन्दा बढि पुगिसकेको छ । उत्पादन क्षेत्रको रुपमा कृषि र उद्योगको बार्षिक औसत वृद्धिदर ३ प्रतिशतभन्दा बढ्न नसकेको र बार्षिक रोजगारी वृद्धिदर पनि ३ प्रतिशत भन्दा कम भएकाले उपरोक्तानुसार सबै युवाहरुले स्वदेशमा नै रोजगारीका अवसरहरु पाउन सकिरहेका छैनन् । जसले गर्दा दैनिक १८०० जना भन्दा बढि युवाहरु रोजगारी र अध्ययन लगायतका बहानामा विदेशिइरहनु परेको छ । गत बर्ष बैशाख १२ तथा २९ गते गएको विनाशकारी भुकम्पबाट झण्डै ९ हजार मानिस तथा लाखौं घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको हुँदा घरको थप आर्थिक भारले गर्दा विदेशिने युवाहरुको संख्या झनै बढेको छ । भुकम्प पछिको पुर्ननिर्माणमा काम गर्ने मजदुर , इन्जीनियर र अन्य विज्ञहरु उपलब्ध हुन सकेको छैन । गाउँ गाउँमा कृष