Skip to main content

घर फर्क युवाहरु

घर फर्क युवाहरु (देशले तिमीहरुलाई खोजेको छ)ः सन्दर्भ अन्तर्राष्ट्रिय युवा दिवस

हरेक बर्ष अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने सन्दर्भमा नेपालमा पनि आजकल विभिन्न कार्यक्रमहरु गर्ने प्रचलन बढिरहेको छ । बर्षेनी करिब ५ लाख थप युवाहरु नेपाली श्रम बजारमा प्रवेश गर्ने अवस्थामा १८ बर्ष देखि ३५ बर्षसम्म युवाहरुको हिस्सा ४० प्रतिशत भन्दा बढि पुगिसकेको छ । उत्पादन क्षेत्रको रुपमा कृषि र उद्योगको बार्षिक औसत वृद्धिदर ३ प्रतिशतभन्दा बढ्न नसकेको र बार्षिक रोजगारी वृद्धिदर पनि ३ प्रतिशत भन्दा कम भएकाले उपरोक्तानुसार सबै युवाहरुले स्वदेशमा नै रोजगारीका अवसरहरु पाउन सकिरहेका छैनन् । जसले गर्दा दैनिक १८०० जना भन्दा बढि युवाहरु रोजगारी र अध्ययन लगायतका बहानामा विदेशिइरहनु परेको छ । गत बर्ष बैशाख १२ तथा २९ गते गएको विनाशकारी भुकम्पबाट झण्डै ९ हजार मानिस तथा लाखौं घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको हुँदा घरको थप आर्थिक भारले गर्दा विदेशिने युवाहरुको संख्या झनै बढेको छ ।
भुकम्प पछिको पुर्ननिर्माणमा काम गर्ने मजदुर, इन्जीनियर र अन्य विज्ञहरु उपलब्ध हुन सकेको छैन । गाउँ गाउँमा कृषि तथा पशु सेवा प्राविधिक र सामाजिक परिचालक लगायतका जनशक्तिको अभाव भएको छ ।
देशको प्रमुख रोजगार प्रदायक क्षेत्र कृषि प्रति आम युवाहरुको आकर्षण र संलग्नता कम हुनुले पनि काम गर्ने जनशक्ति तथा मजदुरहरुको अभावमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा दिनानुदिन गिरावट आएको छ । कृषि क्षेत्रले रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा पु¥याउने योगदान पनि घट्दै गईरहेको छ । तसर्थ, केही कृषकहरुले त कामदानको अभावमा खेतीपाती नै छाडेर जग्गा बाँझो राख्नु परेको छ ।
दुर्गममा आधारभूत स्वास्थ्य सेवा नपाई लाखौं जनता मरिरहेका छन् । शहरी क्षेत्रमा पनि पर्याप्त स्वास्थ्यकर्मीहरु उपलब्ध छैनन् । पर्याप्त जनशक्ति उत्पादन नहुने र उत्पादित मध्ये पनि अधिकांश विदेशिने प्रवृत्तिले गर्दा समस्या जहाँको तहीँ नै रहेको छ ।
प्रस्तुत अवस्थामा कोही रहरले त कोही करले विदेशिएका छन् । कतिपयलाई पारिवारिक जिम्मेवारी वहन गर्न आवश्यक परेको तथा स्वदेशमा पर्याप्त रोजगारीको अवसर नभएर विदेशिनु परेको छ । केही युवाहरु भने साथीभाईको लहैलहैमा लागेर विदेशिने पनि छन् । मौसमी रोजगारका लागि भारत र अलि लामो समयका लागि अन्य देशमा बैदेशिक रोजगारीमा जानेहरुको संख्या ४० लाख नाघिसकेको छ ।
यसरी विदेशमा गएका युवाहरुले नेपाल पठाउने रेमिट््यान्सको रकम हरेक बर्ष बढिरहेको छ । दश बर्ष अघि कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा करिब ११ प्रतिशत मात्र योगदान गर्ने गरेकोमा त्यो अहिले करिब २८ प्रतिशत योगदान गर्ने गरेको छ भने यो रकम कुल राष्ट्रिय बजेट भन्दा पनि धेरै हुन पुगेको छ । तर यस प्रकार प्राप्त रेमिट््यान्सको प्रमुख हिस्सा उपभोग शीर्षकमा खर्च हुने गरेको छ । झण्डै ८० प्रतिशत रकम खानपान, लत्ताकपडा तथा भौतिक र विलासी सामग्रीहरु जस्ता उपभोगमा खर्च हुने गरेको अध्ययनहरुले देखाउँछ र करिब ३ प्रतिशत रकम मात्र उत्पादन क्षेत्रमा खर्च हुने गरेको छ । यसले गर्दा थप रोजगारी श्रृजना हुन सकेको छैन हरेक बर्ष विदेशिने युवाहरुको संख्या बढिरहेको छ ।
साथै, आवश्यक सीप र ज्ञान विनाको अदक्ष कामदारको रुपमा विदेशिने अवस्थामा सबैजनाले राम्रो काम पाउने सुनिश्चित हुदैन त्यसैले विदेशिने मध्ये अधिकांशले त तीन डीडेन्जर (खतरा), डर्टी (फोहर) र डिफिकल्ट (गाह्रो) काम गरिरहनु परेको छ । जसले गर्दा दैनिक ३ देखि ५ जनाको ज्यान गुमेको छ भने त्यो भन्दा धेरै शारीरिक अपाङ्गता र मानसिक तनाब लिएर फर्किनु परेको छ । विभिन्न रोजगार प्रदायक देशहरुमा हुने राजनैतिक तथा आर्थिक विकासका परिवर्तनले हाम्रो देशमा पनि परोक्ष रुपमा असर परिरहेको छ । कहिले मलेशिया र कहिले साउदी अरबको आर्थिक र राजनैतिक परिवर्तनले त्यहाँ मजदुरी गरिरहेका युवाहरु बेरोजगार भई स्वदेश फर्किनु परेको छ भने कहिले बेलायत र कहिले अष्ट्रेलियाको शिक्षा सम्बन्धी नीतिका कारण त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु सकसमा परेका छन् ।
तर अहिले अवस्था र परिस्थिति फेरिएको छ ।  भुकम्प तथा पारवाहन असजताबाट श्रृजित विषम परिस्थितिबाट देख क्रमशः उठ्ने क्रममा यस देशका युवाहरुलाई देशमा आफूले सक्ने योगदान गर्न ऐतिहासिक अवसरबाट हामी गुज्रिनुपरेको छ । यस्तो अवस्थामा हाम्रो कुनै पनि सहयोग ऐतिहासिक रुपले महत्वपूर्ण हुनेछन् । त्यसैले यस लेख मार्फत म सम्पूर्ण युवाहरुलाई भन्न चाहन्छु घर फर्क युवाहरु !
एघारौं जनसंख्या तथा घरधुरी सर्वेक्षण २०६८ अनुसार आर्थिक रुपले सकृय १५ देखि ५८ बर्षका जनताहरु जसले ५७ प्रतिशत हिस्सा ओगटेको छ तर यसबाट हुने जनसांख्यिक लाभ लिने मौका आएको छ । रेमिट्यान्सबाट प्राप्त हुने रकमको पनि उत्पादनशील क्षेत्रमा खर्च गरी थप रोजगारी तथा स्वरोजगारका अवसरहरु श्रृजना गर्न सकिने सम्भावना रहेको छ ।
अहिले सरकारी निकाय तथा अन्य विभिन्न संस्था समुदायबाट पूर्ननिर्माण र नवनिर्माणको लागि आह्वान गरेका छन् । राजनैतिक दलहरुले आफ्ना कार्यकर्ताहरु खटाउने उद्घोष गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भैसकेको छ जसले विस्तारै गति पनि लिइरहेको छ । गाउँ गाउँमा इन्जीनियरहरु खटाउन नेपाल सरकारले आह्वान गरेको छ । पुर्ननिर्माणमा दक्ष र अदक्ष गरी कमसेकम ४ लाख युवाहरु आवश्यक पर्ने कुरा आएको छ ।
दुई तिहाई भन्दा धेरै घरधुरी रहेको कृषि क्षेत्रले नीति तथा बजेटमा पनि क्रमशः प्राथमिकता पाउँदै गरेको अवस्थामा राज्यको अनुदान तथा प्राविधिक सहयोगमा धेरै युवाहरु व्यक्तिगत तथा सामुहिक खेती तर्फ आकर्षित हुदै गएका छन् । अहिले रु. ३५ अर्ब भन्दा बढि रकम खाद्यान्न आयातमा खर्च भईरहेको अवस्थामा देशलाई प्रमुख खाद्यान्नबालीमा आत्मनिर्भर बनाउनका लागि थप उत्साही युवाहरुको आवश्यकता परेको छ र तिनीहरुलाई राज्यले पनि सहयोग गर्न सक्ने अवस्था रहेको छ ।

उद्योग, कृषि, स्वास्थ्य, शिक्षा तथा निर्माण लगायतका क्षेत्रहरुमा काम गर्ने कामदार र विज्ञहरु नपाएर उत्पादन उत्पादकत्व घट्दै जाने तर देशका युवाहरु भने काम कै लागि विदेशिने विरोधाभाषपूर्ण अवस्थामा विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई स्वदेशमा सदुपयोग गर्ने गरी तथा देश पुर्नर्निमाणको ऐतिहासिक अवसरको साक्षी र सहकारी बन्न विदेशिएका दक्ष, अर्धदक्ष तथा अदक्ष युवाहरुको देशमा आवश्यक छ । साथै, देश पुर्नर्निमाणमा प्रत्यक्ष परोक्ष सहयोग गर्ने स्वदेशी तथा विदेशी दाता, दातृनिकाय र शुभचिन्तकहरुको सम्मान र सदासयताको लागि पनि युवाहरुको खाँचो महसुस गरिएको छ । 



Comments

Popular posts from this blog

How to write correctly in Roman Nepali?

I have read many posts and conversations in roman nepali script in Facebook and other social networks. Writing in facebook, twitter, linkedin, google+, and other social media is generally informal. These communications need to be understandable to all whether it is written in english, नेपाली or roman nepali or any other informal and slang languages! However, writing in roman nepali script has some rules. Here I have presented some as well. For example: " मेरो नाम सन्तोष अधिकारी हो । मेरो जागिर काठमाडौंमा छ । मलाई घुमघाम गर्न रमाईलो लाग्छ । "लाई यसरी लेखिन्छ : mero naam santosh adhikari ho. mero jagir kathmanduma chha. malaee ghumgham garna ramaeelo lagchha. Here is the chart which may guide you to write in roman nepali For further details plese leave message!

नेपाल कृषि प्रधान देश वा कृषक प्रधान ?

हरेक बर्ष असार श्रावण महिनामा जब धान रोपाईँको बेला हुन्छ तब धान रोपाईको अवस्थालाई आधार बनाई नेपालको अर्थतन्त्रको आकार अनुमान गरिन्छ । विगत १५ वर्षको आर्थिक सर्वेक्षण अनुसार कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले करिब एक तिहाई भन्दा बढि योगदान दिदै आएको देखिन्छ । त्यसैगरी , धानबाली एक्लैले कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमध्ये करिब २० प्रतिशत हिस्सा ओगट्दै आएको छ । त्यसैले धान रोपाईँको क्षेत्रफल र उत्पादकत्व राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण छ । धान लगायत विभिन्न बाली , तरकारी , फलफूल , माछा , मासु , दुध र अण्डा आदिको उत्पादनले कुल राष्ट्रिय गार्हस्थ उत्पादनमा सबै भन्दा धेरै योगदान गर्ने भएकोले नेपाललाई कृषि प्रधान देशको रुपमा परिभाषित गरिदैं आएको छ । एक तिहाई भन्दा धेरै योगदान दिने , ७० प्रतिशत भन्दा बढि कृषक घरधुरी भएको र दुई तिहाई भन्दा धेरै रोजगारी दिलाउने भएकोले सरकारका नीति तथा कार्यक्रमहरुमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको पाइन्छ । नेपालको संस्थागत र योजनाबद्ध विकास २०१३ सालदेखि पहिलो पञ्चबर्षिय योजना मार्फत शुरु भएको अवस्थामा पनि कृषि क्षेत्रलाई प्राथमिकताको ...

स्वतन्त्र उम्मेद्वारको सान्दर्भिकता

हालसालै अष्ट्रेलियाको संघीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले कुल १७५ मध्ये १० सीटमा विजय प्राप्त गरी सनसनी मच्चाएका छन् । त्यस्तै नेपालमा पनि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशको राजधानी काठमाडौँ लगायतका स्थानीय गाउँपालिका / नगरपालिकाहरुमा स्वतन्त्र उम्मेद्वारको विजयले नेपालको राजनीतिमा नयाँ तरङ्ग र बहस सृजना गरिदिएको छ । चर्चित र परिचित धेरै अनुहारहरु आगामी सँसदिय निर्वाचनमा उम्मेद्वारी दिने आकाँक्षा देखाइरहेका छन् । स्थानीय निकायका अध्यक्ष / मेयर हुनु र साँसद हुनु जिम्मेवारी , क्षेत्राधिकार र जवाफदेहिताका हिसाबले फरक कुराहरु हुन् ।  अध्यक्ष / मेयर स्वायत्त निकाय नेतृत्व गर्दछन् जहाँ आफ्नो राजनैतिक दलको प्रभाव पर्न वा नपर्न सक्छ भने सँसदमा दलको आवश्यकता र निर्देशनमा चल्न पर्ने हुन्छ । स्वतन्त्र उम्मेद्वारीको बढ्दो लोकप्रियताको अर्थ नेपालमा २०४६ सालको आन्दोलन र प्रजातन्त्र पुनस्र्थापना पश्चात बहुदलिय व्यवस्था लागु भयो र दलहरु स्थापना गरी राजनीति गर्न बाटो खुल्ला भयो । तत्पश्चात धेरै दलहरु स्थापना भए । नेपालको राजनीतिमा केहि दलहरुको मात्र उल्लेखनिय उपस्थिति भयो । विड...