Skip to main content

नेपालको संविधानमा कृषि

संविधानमा कृषि
संविधानसभाबाट नेपालको संविधान पारित भएको छ । १८१ पृष्ठ लामो संविधानमा ३५ भाग र ३०८ धाराहरु रहेका छन् । प्रस्तुत धाराहरु मध्ये केहि धाराहरुले कृषि क्षेत्रलाई पनि महत्वका साथ उल्लेख गरेको छ । संविधानले हरेक नागरिकको मौलिक हकको रुपमा प्रत्येक नागरिकको खान पाउनुपर्ने अधिकार सुनिश्चित गरेको छ । साथै राज्यका नीतिहरु मार्फत कृषि क्षेत्रलाई सम्बोधन गरिएको छ ।
यस संविधानले किसान तथा कृषि क्षेत्रमा संलग्न तथा आश्रितहरुसँग सम्बन्धित विभिन्न विषयहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । भूमिहिन तथा साना किसानहरुको बारेमा समेत संविधानको धाराहरुमा उल्लेख भएका छन् भने व्यवसायिक तथा आधुनिक कृषिको बारेमा परिकल्पना गर्दै वातावरण मैत्री एवं जलवायु अनुकूल खेतीका बारेमा पनि विधिवत व्यवस्था गरेको छ ।
रोजगारी र अन्य विभिन्न बहानामा देशका युवा शक्ति पलायन हुँदा देशमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन पुगेको छ । जसले गर्दा कतिपयस्थानमा जग्गाहरु बाँझो रहन गएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै जग्गाको सदुपयोगको कानूनी व्यवस्था गर्न खोजिएको छ ।
जग्गाको आकार सिमित छ जसले गर्दा बढ्दै गएको जनसंख्यालाई संविधानले व्यवस्था गरेको अधिकार बमोजिम खाद्य सुरक्षा र खाद्य संप्रभुताको प्रत्याभूति दिलाउन विद्यमानमा भन्दा धेरै उत्पादन गर्नु पर्ने चुनौति हामी सामु छ । यस सन्दर्भमा जमिनको उत्पादकत्व अभिवृद्धिलाई संविधानमा नै व्यवस्था गरिएको छ ।
अधिकांश किसानहरु भौतिक तथा सामाजिक रुपले तुलनात्मक रुपमा विकट स्थानमा बसोबास र कृषि कर्म गर्दछन् । अतः किसानहरुको हक र अधिकारको संरक्षण हुने गरी स्थानीय तहको सरकारलाई कृषि सम्बन्धि विभिन्न अधिकार दिइएको छ । त्यसै गरि प्रदेश सरकारलाई कृषि तथा पशु विकासको माध्यमबाट समग्र प्रदेशको विकास गर्न तथा कृषि क्षेत्रबाट प्राप्त हुने आयमा कर लगाउन पाउने अधिकारको व्यवस्था गरिएको छ । यद्यपि कृषि भनेको बहुसरोकारवाला र चौतर्फी प्रभाव पार्न सक्ने क्षेत्र भएकोले संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार क्षेत्र हुने गरी समेत व्यवस्था गरिएको छ ।
संविधानमा उल्लेख भएका कृषि क्षेत्रसँग सम्बन्धित किसान, कृषि, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, भू उपयोग सम्बन्धी व्यवस्थाहरु यस प्रकार रहेको छ ।
भाग ३
मौलिक हक
यस मौलिक हक अन्तर्गत ३ वटा धाराहरुमा कृषक र खाद्य सुरक्षाको बारेमा उल्लेख गरिएको छ जुन यस प्रकार रहेका छन्
धारा ३६. खाद्य सम्बन्धि हकः (१) प्रत्येक नागरिकलाई खाद्य सम्बन्धि हक हुनेछ । (२) प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ । (३) प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ ।
धारा ४२. सामाजिक न्यायको हकः (२) आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ । (४) प्रत्येक किसानलाई कानून बमोजिम कृषि कार्यका लागि भूमिमा पहुँच, परम्परागत रुपमा प्रयोग र अबलम्बन गरिएको स्थानीय बीउ बिजन र कृषि प्रजातिको छनौट र संरक्षणको हक हुनेछ ।
धारा २५. सम्पत्तिको हकः (४) भूमिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न, कृषिको आधुनिकीकरण र व्यसायीकरण, वातावरण संरक्षण, व्यवस्थित आवास तथा शहरी विकास गर्ने प्रयोजनका लागि राज्यले कानून बमोजिम भूमि सुधार, व्यवस्थापन र नियमन गर्न बाधा पर्ने छैन ।
भाग ४
राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
धारा ५१. राज्यका नीतिहरु ः उपधारा (ङ) कृषि र भूमिसुधार सम्बन्धी नीति ः (१) भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी बैज्ञानिक भूमिसुधार गर्ने, (२) अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, (३) किसानको हक हित संरक्षण र संवर्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भू–उपयोग नीतिको अबलम्बन गरी भूमिको व्यवस्थापन र कृषिको व्यवसायिकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने, (४) भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलन समेतका आधारमा नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने, (५) कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजार पहुँचको व्यवस्था गर्ने ।
उपधारा (ज) नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति को बुँदा नं. (१२) कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै खाद्य सम्प्रभुताको मान्यता अनुरुप जलवायु र माटो अनुकूलको खाद्यान्न उत्पादनलाई प्रोत्साहन गरी खाद्यान्नको दिगो उत्पादन, आपूर्ति, सञ्चय, सुरक्षा र सुलभ तथा प्रभावकारी वितरणको व्यवस्था गर्ने ।
त्यसै गरी राज्यका विभिन्न तहमा रहने अधिकार बाँडफाडको विवरण अनुसूचीहरुमा उल्लेख गरिएको छ । जस अनुरुप अनुसूची ९ ले कृषि क्षेत्रलाई राज्यशक्तिको तीनवटै तह– संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको रुपमा उल्लेख गरेको छ । अनुसूची ६ मा प्रदेशको अधिकार क्षेत्रको बारेमा उल्लेख गरिएको छ जसमा कृषि आयमा कर सम्बन्धी र कृषि तथा पशु विकास सम्बन्धी अधिकार प्रदेश सरकारमा रहने जनाइएको छ । त्यसै गरी स्थानीय तहको सरकारको अधिकारको बारेमा विवरण भएको अनुसूची ८ मा तीन वटा बुँदाहरुमा कृषि सम्बन्धी अधिकारहरु उल्लेखित छन् जुन  कृषि सडक,  कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य र कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण हुन् ।
विगतमा भएका संविधानहरु भन्दा तुलनात्मक रुपले यस संविधान विस्तृत रहेको छ । किसान, कृषि, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, भू उपयोग लगायतका विभिन्न आयामहरुका बारेमा यस संविधानमा उल्लेख हुनुले कृषि पेशामा संलग्न तथा आश्रित बहुसंख्यक जनताको हित अनुकूल छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
photo courtesy: tibrakhabar.com

Comments

Popular posts from this blog

How to write correctly in Roman Nepali?

I have read many posts and conversations in roman nepali script in Facebook and other social networks. Writing in facebook, twitter, linkedin, google+, and other social media is generally informal. These communications need to be understandable to all whether it is written in english, नेपाली or roman nepali or any other informal and slang languages! However, writing in roman nepali script has some rules. Here I have presented some as well. For example: " मेरो नाम सन्तोष अधिकारी हो । मेरो जागिर काठमाडौंमा छ । मलाई घुमघाम गर्न रमाईलो लाग्छ । "लाई यसरी लेखिन्छ : mero naam santosh adhikari ho. mero jagir kathmanduma chha. malaee ghumgham garna ramaeelo lagchha. Here is the chart which may guide you to write in roman nepali For further details plese leave message!

रासायनिक मलको विकल्प

रसायनिक मलको विकल्प मानवमुत्र बाली उत्पादनको लागि मल , जल , र बीउ लगायतका महत्वपूर्ण उत्पादन सामग्रीहरुको उचित र उच्चतम प्रयोगबाट कृषिको व्यवसायिकरण हुन्छ । यद्यपि ,  एउटै जग्गामा लगातार खेती गरिरहँदा माटोको उर्वराशक्ति क्षय हुँदै गईरहेको छ । यस सन्दर्भमा माटोको उर्बराशक्ति कायम राख्न मलको प्रयोग गर्नु पर्दछ । तर कृषकस्तरमा प्रांगारिक मल , गोठेमल तथा हरियो मलको पर्याप्त उत्पादन हुन नसक्दा रसायनिक मलमा निर्भर हुनु परेको छ । साथै , रसायनिक मलमा बिरुवालाई चाहिने मुख्य खाद्यतत्वहरु तुलनात्मक रुपमा धेरै र विरुवाहरुले तुरुन्त लिनसक्ने भएकोले कृषकहरु रसायनिक मल तर्फ बढि आकर्षित छन् । हाम्रो देशमा रसायनिक मल उत्पादन गर्ने कारखाना नभएको हुँदा रसायनिक मल अनुदानमा बर्षेनी अरबौं रुपैंयाँ खर्च भइरहेको छ । (हेर्नुहोस् तालिका १) । तालिका १ विभिन्न आर्थिक बर्षमा अनुदानमा रसायनिक मल वितरण गर्नको लागि खर्च भएको बजेट क्र.सं. आ.ब. रसायनिक मलमा अनुदानको लागि अनुदानको खर्च भएको बजेट (रु. हजारमा) १ 2065/66 366812 २ 2066/67 1370518 ३ ...

Share of expenditure in agriculture and agriculture growth rate in Nepal

Share of expenditure in agriculture and agriculture growth rate in Nepal The secondary data analysis provided by Ministry of Agricultural Development (MoAD), Ministry of Finance (MoF) and Central Bureau of Statistics (CBS) over 13 years (2002/03-2013/14) shows that share of expenditure in agriculture and agriculture growth rate goes in same direction. The annual growth rate of agriculture sector in FY 2007/08 (2064/65 BS) was decade highest reaching 5.8 percent while it was just 1.0 percent in its preceding year FY 2006/07. One of my study on government expenditure in agriculture (MoAD) and its contribution showed that it is significant to contribute national economy. In spite of the government's priority to this agriculture sector, budget allocation is not sufficient enough to address the ever increasing demand of farmers. The major share of budget is allocated in recurrent activities and lesser to the capital formations. Fertilizer subsidy has consumed more than 25 percent...