Skip to main content

यसपाली असार पन्ध्र यसरी मनाउने कि ?

https://www.kantipurdaily.com/opinion/2017/06/29/20170629075726.html?author=1

यसपाली असार पन्ध्र यसरी मनाउने कि ? 

किसान र कृषिकर्मीहरुको लागि असार पन्ध्र एउटा महत्वपूर्ण उत्सव हो । मानो रोपी मुरी फलाउने कृषि कर्मको धर्म अनुसार असार पन्ध्रलाई विशेष दिनको रुपमा लिइन्छ । यो दिन खासगरी धान खेतीसँग सम्बन्धित भएर मनाइन्छ भने सरकारले पनि धान खेतीलाई महत्व दिदै सन् २००४ को अन्तर्राष्ट्रिय धान बर्षदेखि निरन्तर राष्ट्रिय धान दिवस मनाउँदै आएको छ ।  
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको प्रतिवेदन अनुसार संसारमा उत्पादित कुल कृषि उत्पादनको एक तिहाई हिस्सा उपभोक्तासम्म पुगेको हुदैन, जुन उपभोक्ताहरुले नै फ्याँकेर तथा प्रशोधनमा नाश भएर खेर गएको हुन्छ । अझ यसको महत्वपूर्ण पाटो के छ भने यसरी खेर गएका कृषि उपजले जलवायु परिवर्तनको कारक तत्व हरितगृह ग्याँस उत्सर्जनलाई बढावा दिइरहेका हुन्छन् । प्रतिवेदनमा यदि यसरी खेर गएका कृषि उपजलाई कुनै एक देश मान्ने हो भने त्यो हरितगृह ग्याँस उत्सर्जन तेश्रो ठूलो देश हुनेछ भनी उल्लेख गरेको छ । जलवायु परिवर्तनले गर्दा पृथ्वीको औसत तापक्रम बढ्दै गएको सन्दर्भमा नेपालमा हिमाच्छादित क्षेत्रको उल्लेख्य हिस्सा भएको हुनाले जलवायु परिवर्तनको नकारात्मक असरको उच्च जोखिम रहेको छ । गरिब राष्ट्र भएको हुनाले जलवायु परिवर्तन अनुकुलन प्रविधी तथा क्षमता दुबैमा नेपाल अति कमजोर अवस्थामा रहेको छ । तसर्थ, जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाले नेपाललाई जलवायु परिवर्तनको उच्च जोखिम हुने देशको सूचीमा चौंथो स्थानमा राखेको छ । 
प्रस्तुत तथ्य बारे जानकारी लिदै गर्दा एक कृषि प्राविधिक भई किसानको भलाईका लागि काम गर्दै आएको पृष्ठभूमिले गर्दा मलाई अति दुःख तथा आश्चर्य लागिरहेको छ । संसारभरि नै सबैभन्दा धेरै रोजगारी दिने क्षेत्र कृषि हो जसले झण्डै ४० प्रतिशत मानिसलाई जागिर दिएको छ । नेपालमा त कुल मध्ये दुई तिहाई सकृय जनसंख्या कृषि पेशामा संलग्न छन् । अन्य कम विकसित तथा कृषि प्रधान देशहरुको ७५ प्रतिशतसम्म जनताहरु कृषि पेशा गर्दछन् । त्यहि किसानले निकै मिहिनेतका साथ फलाउने कृषि उपज यसरी खेर जाने तथ्यले सायदै कसैलाई खुशी बनाउँछ । 
उपभोक्ताले खाने खानाको प्लेटमा आउने गरेको अन्न र अन्य खानेकुरा उत्पादन भई उपभोक्ता सम्म सोझै अनि तुरुन्तै आइपुग्दैन । उदाहरणको लागि धान उत्पादनका लागि जग्गा तयारीदेखि फसल भित्राउने बेलासम्म औसतमा करिब ४ महिना समय लाग्छ भने धान प्रशोधन गरी उपभोक्ता सम्म आईपुग्न अरु कमसेकम १ महिना समय लाग्छ । फलफूल उत्पादनमा त बर्षौ समय लाग्न सक्छ तर त्यही खानेकुरा जोकोहीले क्षणभरमै फ्याँक्न सक्दछन् । यसरी कसैले महिनौ तथा बर्षौं मिहिनेत गरी फलाएको खानेकुरा खेर फाल्नु भनेको त्यही वस्तु मात्र खेर फाल्नु होइन यसको उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरण लागि प्रयोग भएका सबै श्रोतहरु खेर फाल्नु हो अनि जलवायु परिवर्तनलाई सघाउ पु¥याउनु हो । साथै, त्यतिका समय मिहिनेत गरी उत्पादन गरिदिने किसानको अपमान गर्नु हो ।
यति मात्र होइन, किसानको जीवनी र कृषि कर्म नै एक परोपकारी कार्य हो जसले आफूले उत्पादन गरेर आफैंले मात्र उपभोग गर्ने सोचेको हुदैन बरु अरुलाई पनि खुवाउने लोककल्याणकारी काम गरेका हुन्छन् । कवि दैवज्ञराज न्यौपानेको चर्चित किसान कवितामा पनि किसान भनेको आफू बाँची अरुलाई बचाउने पुण्यको काम गर्ने व्यक्तिको रुपमा चित्रण गरिएको छ । त्यसैले उत्तम खेती, मध्यम व्यापार अनि तुच्छ जागिर भन्ने पुरानो परम्परागत मान्यता रहेको छ । अझै महत्वपूर्ण कुरा, ती साना किसानहरुको ऐतिहासिक योगदान हामीले कहिल्यै भूल्नुहुदैन जसले विगतको विनाशकारी भूकम्प र त्यसपछिको पारबाहन असहजतामा पनि भोकमरी हुन दिएन ।
यति हुँदाहुँदै पनि किसान नै सबैभन्दा उपेक्षित देखिन्छ । धेरै युवाहरु कृषि पेशा गर्न चाहदैनन् र कृषि पेशालाई न्यून दर्जामा राख्ने गर्दछन् जबकी अधिकांश युवाहरु कोरिया, साउदी, कतार, इजरायल लगायतका देशहरुमा कृषि मजदुरकै काम गर्दछन् । नेपालको परिवेशमा भने किसान मात्रै होइन, किसानका लागि काम गर्ने कृषि प्राविधिक र कार्यालय पनि हेपिएका छन् । निजामति सेवामा प्रवेश गरी न्यूनतम सेवा सुविधा पाउने कर्मचारीमा कृषि प्राविधिकहरु स्थान अग्रपंक्तीमा आउँछ । एकजना कृषि प्राविधिकले एकहजार एकसय भन्दा धेरै घरधुरीमा सेवा पु¥याउनुपर्दछ । कुल निजामति कर्मचारीको करिब १५ प्रतिशत कृषि प्राविधिक तथा कर्मचारी भएको कृषि विकास मन्त्रालय तथा पशुपंक्षी विकास मन्त्रालयको बजेट सधैं कुल राष्ट्रिय बजेटको ३ देखि ४ प्रतिशतकै हाराहारीमा घुमिरहेको छ । अपर्याप्त श्रोतसाधन, न्यूनतम सेवा सुविधा र कम क्षमता विकासका अवसरहरुका वावजुत पनि कृषि प्राविधिकहरु ग्रामिणदेखि सहरी क्षेत्रमा प्राविधिक सेवा दिइरहेका छन् अनि किसानहरु कृषि उपज उत्पादन गरी बजार पठाइरहेका छन् । 
विकासका ऐतिहासिक दस्तावेजहरुको अध्ययनबाट पनि औद्योगिक क्रान्ति तथा उन्नत प्रविधि विकास लागि पर्याप्त र अतिरिक्त कृषिमूलक उत्पादन वृद्धिको चरण पार गर्दै औद्योगिक क्रान्ति सफल भई मूलुक समृद्ध हुने तथ्य प्रमाणित भएका छन्, कृषि  उत्पादनलाई विकासको आधारभूत शर्त मानेका छन् । कृषि क्रान्तिको अगुवा तथा मूख्य कर्ता भनेको त किसान नै हो । तर मानिसहरु कसरी किसानको योगदान भूल्न सक्दछन् भन्ने कुरामा म आश्चर्य मानिरहेको छु जसले आफ्नो काममा लापारवाही गर्दा संसार भोकमरीको दलदलमा फस्ने जोखिम हुन्छ । सन् १९६० को दशकमा मित्र राष्ट्र भारतको हरित क्रान्तिका पिता भनेर चिनिने प्रोफेसर एम.एस. स्वामीनाथनले पनि यदि कृषि गलत दिशामा गयो भने कुनै पनि कुरा सहि दिशामा जाने सम्भावना हुदैन भनेका थिए । 
त्यसैले यो असार पन्ध्रलाई एउटा संकल्प गर्ने र गराउन उत्साहित गर्ने गरी मनाऔं कि –अब खानेकुरा खेर नफालौं र उत्पादक किसानको सम्मान गरौं। 
जय देश ! जय किसान ! !


सन्तोष अधिकारी
कृषि अर्थविज्ञ, कृषि विकास मन्त्रालय
हालः पिएचडी शोधार्थी, अष्ट्रेलिया

२०७४ असार १५ गते कान्तिपूरमा प्रकाशित यो लेखको लागि यो लिङ्कमा जानुहोला । 
http://kantipur.ekantipur.com/news/2017-06-29/20170629075726.html

Comments

Popular posts from this blog

How to write correctly in Roman Nepali?

I have read many posts and conversations in roman nepali script in Facebook and other social networks. Writing in facebook, twitter, linkedin, google+, and other social media is generally informal. These communications need to be understandable to all whether it is written in english, नेपाली or roman nepali or any other informal and slang languages! However, writing in roman nepali script has some rules. Here I have presented some as well. For example: " मेरो नाम सन्तोष अधिकारी हो । मेरो जागिर काठमाडौंमा छ । मलाई घुमघाम गर्न रमाईलो लाग्छ । "लाई यसरी लेखिन्छ : mero naam santosh adhikari ho. mero jagir kathmanduma chha. malaee ghumgham garna ramaeelo lagchha. Here is the chart which may guide you to write in roman nepali For further details plese leave message!

Share of expenditure in agriculture and agriculture growth rate in Nepal

Share of expenditure in agriculture and agriculture growth rate in Nepal The secondary data analysis provided by Ministry of Agricultural Development (MoAD), Ministry of Finance (MoF) and Central Bureau of Statistics (CBS) over 13 years (2002/03-2013/14) shows that share of expenditure in agriculture and agriculture growth rate goes in same direction. The annual growth rate of agriculture sector in FY 2007/08 (2064/65 BS) was decade highest reaching 5.8 percent while it was just 1.0 percent in its preceding year FY 2006/07. One of my study on government expenditure in agriculture (MoAD) and its contribution showed that it is significant to contribute national economy. In spite of the government's priority to this agriculture sector, budget allocation is not sufficient enough to address the ever increasing demand of farmers. The major share of budget is allocated in recurrent activities and lesser to the capital formations. Fertilizer subsidy has consumed more than 25 percent...

सोच कृषिको

सोच कृषिको_सन्तोष अधिकारी नेपालमा कृषि क्षेत्रको अति नै महत्व छ तर पनि अधिकांश युवाहरुको यस तर्फ आकर्षण बढ्न सकेको छैन । यस लेखमा कृषि पेशामा भविष्य देख्ने केहि नमुना पात्रहरुको चर्चा गरेको छु । कृषिमा व्यवसायिकता देखी व्यवसाय संचालन गर्ने यी धेरै सानो नमुना मात्र हुन् । यस्ता धेरै उद्यमीहरुको बारेमा चर्चा गर्न अध्ययनको कमि भएको म स्वीकार्छु । लेख तयारी कै क्रममा तथा प्राप्त सुझावहरुको आधारमा  थप नमुना हरु कान्तिपुरको २०७० फाल्गुण ७ गतेको विशेषांकमा प्रकाशित भएको छ । http://go-to-santosh.blogspot.com/2015/07/who-have-anticipated-their-future-in.html यद्यपि यो पनि पुरा कदापि होईन ।