Skip to main content

Grants in Agriculture कृषिमा अनुदान

कृषि क्षेत्रमा अनुदान
विभिन्न क्षेत्रबाट कृषि विकास मन्त्रालयबाट वितरण गर्ने अनुदान सम्बन्धमा टिकाटिप्पणी भए लगत्तै कृषि अनुदानका विवरणहरु संकलन हुन थालेको छ । कृषि विकास मन्त्रालयबाट कृषक तथा उद्यमीहरुलाई चालु आर्थिक बर्षमा करिब १२ अरब रुपैयाँ अनुदान स्वरुप वितरण गरिने कार्यक्रम स्वीकृत भएको छ जुन कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत भन्दा पनि कम हो । विश्व व्यापार संगठनको सदस्य भएको नाताले नेपाल जस्तो अल्पविकसित देशले आफ्नो उत्पादनको दश प्रतिशतसम्म रकम अनुदानमा खर्च गर्न सक्ने प्रावधान रहेको छ । कृषि विकास मन्त्रालयले कृषि प्रसार तथा मूल्य श्रृंखलामा आधारित भई विभिन्न कृषक समूह, सहकारी, संस्था तथा उद्यमीहरुलाई प्रस्तुत अनुदानका रकमहरु स्वीकृत कार्यविधि बमोजिम वितरण गर्ने गर्दछ ।
परम्परागत तरिकाबाट खेती गर्दा भन्दा उन्नत प्रविधिको प्रयोगबाट खेती गर्दा तुलनात्मक रुपमा बढि उत्पादन हुन्छ । यद्यपि, उन्नत प्रविधि प्रायशः बढि खर्चिलो पनि हुन्छ । त्यसैले परम्परागत खेती पद्धति अपनाइरहेका कृषकहरु उन्नत खेती पद्धति तर्फ सहजै आकर्षित भएका छैनन् । साथै नेपालमा अधिकांश कृषकहरु साना कृषकहरु भएको (०.६८ हे प्रति घरधुरी) तथा श्रोत साधनमा तुलनात्मक रुपले सबल नभएको हुँदा उनीहरु उन्नत प्रविधि अवलम्बन गर्न सक्षम हुदैनन् । यस्तो अवस्थामा कृषि विकास मन्त्रालयले कृषकहरुलाई समूह/सहकारीमा आवद्ध गराई विभिन्न उन्नत कृषि प्रविधिमा अभ्यस्त गराई कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न अनुदानका कार्यक्रमहरु संचालन गर्दै आएको हो ।
के हो अनुदान ?
कृषकलाई उन्नत प्रविधि अवलम्बन गर्न÷गराउन तथा व्यवसायिक खेती गराउन सहयोगका कार्यक्रमहरु संचालन गर्दै आएको छ । सहयोग दुई प्रकारका हुन्छन् ऋण सहयोग र अनुदान सहयोग । विगतमा कृषि ऋण मार्फत कृषकहरुलाइ सहयोग गर्दै आए पनि हाल ऋण सम्बन्धि कृयाकलापहरु संचालन गर्दैन । कृषि ऋण कृषकहरुले कृषि औजार उपकरण खरीद तथा व्यवसायिक खेतीका लागि पाउँछन् र कृषकहरुले उक्त ऋण निश्चित अवधि पछि तोकिएको ब्याज सहित चुक्ता गर्नु पर्ने हुन्छ ।
अनुदान भने कृषकहरुलाई प्रोत्साहन स्वरुप पुरक वा पूर्ण अनुदानको रुपमा उपलब्ध गराईन्छ । व्यावसायिक कृषिको लागि विभिन्न कृयाकलापहरु संचालन गर्न कृषकहरुले अनुदान पाउँछन् । कृषकहरुले अनुदान स्वरुप प्राप्त सेवा सुविधाको लागि कुनै पनि शुल्क तिर्नु पर्दैन । यद्यपि केहि अनुदानका कृयाकलापहरुको लागि निवेदन दर्ता शुल्क र प्रयोगशाला शुल्क भने तिर्नुपर्ने हुन सक्छ । 
कृषकहरुले के के मा अनुदान पाउँछन् ?
कृषि विकास मन्त्रालय मार्फत विभिन्न अनुदानका कृयाकलापहरु संचालन भएका छन् । कृषकहरुको स्तर अनुसार कृषि विकास मन्त्रालयबाट अनुदान प्रदान गर्दै आएको छ । साना कृषकहरुलाई प्रविधि प्रसारको लागि निशुल्क उन्नत बीउ, बेर्ना तथा नश्ल पाउँछन् । त्यसै गरी कृषि सम्बन्धी प्रकाशनहरु पनि निशुल्क वितरण गरिन्छ । साना तथा मझौला कृषकलाई लक्षित गरी कृषि औजार उपकरणहरुको खरिदमा २५ देखि ३५ प्रतिशतसम्म अनुदान उपलब्ध हुन्छ ।
अनुदान प्राप्तिको लागि सामान्यतः कृषकहरु समूह तथा सहकारीमा आवद्ध हुनुपर्ने भए पनि आ.ब. २०७०/७१ देखि संचालनमा आएको युवा लक्षित कार्यक्रम तथा बैदेशिक सहायतामा संचालित आयोजनाहरुबाट व्यक्तीले पनि अनुदानको सुविधा पाउन सक्छन् ।
लागत सहभागिताको आधारमा कृषकहरुले साना सिंचाई स्किममा एक लाख पचास हजार देखि तीन लाख रुपैयाँसम्मको अनुदान प्राप्त गर्दछन् । व्यवसायिक बीज वृद्धि कार्यक्रममा बीउ बिजनमा पचास प्रतिशत अनुदान उपलब्ध हुन्छ ।
लागत सहभागिताकै आधारमा नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रतिश्पर्धामार्फत खरीद गरी कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालयहरु मार्फत कृषकहरुले अनुदानमा रसायनिक मल पाउँछन् ।
बाली तथा पशु उत्पादन र प्रशोधनसँग सम्बन्धित चिलिङ भ्याट, डिप फ्रीज, सोलार ड्रायर, ट्रयाक्टर, पावर टिलर, लगायत मेशिनरी औजारमा २५ देखि ७५ प्रतिशतसम्म र थोक बजार, हाटबजार, संकलन केन्द्र, चिस्यान केन्द्र, शीतघर, शुन्य शक्ति भण्डारण, सेलार स्टोर लगायतका संरचनाहरुमा लागत सहभागिताको आधारमा कृषकहरुले अनुदान पाइरहेका छन् ।
निवेदन प्राप्तिका प्रकृयाहरु
कृषि विकास मन्त्रालयबाट प्रदान गरिने अनुदान पाउन कृषकहरुले निश्चित प्रकृया पुरा गर्ने गरी आवेदन वा निवेदन सम्बन्धि कार्यालयमा पेश गर्नु पर्दछ । यस सम्बन्धमा अनुदान प्रदायक कार्यालयले सूचना प्रकाशित गर्दछ । प्राप्त निवेदन वा आवेदनको आधारमा फिल्ड अनुगमन र प्रमाणिकरण हुन्छ । फिल्ड प्रमाणिकरण प्रतिवदेनका आधारमा उत्कृष्ठ प्रस्तावहरुलाई लक्षित कार्यक्रम अनुसार अनुदान प्रदान गरिन्छ । केहि अनुदानहरु कृषकहरुको माग अनुसार बार्षिक कार्यक्रममा समावेश गरी लागत सहभागितामा प्रस्तावनाका आधारमा पनि उपलब्ध गराइन्छ ।
अनुदानका चुनौतिहरु
कृषि विकास मन्त्रालयले विभिन्न शीर्षकहरुमा गरी चालु आर्थिक बर्षमा हालसम्मकै उच्च करिब १२ अरब रुपैयाँ अनुदान स्वरुप कृषक तथा उद्यमीहरुलाई अनुदान उपलब्ध गराउने कार्यक्रम स्वीकृत रहेको छ । यद्यपि यसका विभिन्न चुनौतिहरु रहेका छन् ।
कृषकहरुको माग अत्यधिक रहेको तर त्यसका तुलनामा अनुदानको रकम ज्यादै न्यून भएको हुँदा अनुदान वितरण सम्बन्धमा विवादहरु देखिने गरेको छ । विश्व व्यापार संगठनको सदस्यका हैसियत अनुसार कृषि क्षेत्रले योगदान गर्ने कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतसम्म रकम अनुदान र सेवा सुविधामा खर्च गर्न सक्ने प्रावधान भए पनि कृषि विकास मन्त्रालयलाई विनियोजन भएको रकम नै न्यून भएको हुनाले उक्त सुविधाको उपभोग गर्न पाएको छैन ।
अनुदानको लागि आवेदन संकलन गर्ने कार्य बर्षमा एक पटक मात्र र तोकिएको समय सीमा भित्र गर्नु पर्ने भएकोले केहि कृषकहरु छुट्ने गरेका छन् । कृषिको अधिकांश सेवा प्रवाह निक्षेपित कार्यक्रमहरुबाट हुने गरेको र केन्द्रमा विनियोजित रकमबाट अनुदान प्रदान गर्न जिल्लास्तर कार्यालयबाट नै हुने गरेकोले जिल्लाको माग, आवश्यकता र व्यवसायिक सम्भाव्यताको आधारमा कार्यक्रम तर्जुमा गरिने भएकोले अनुदान सम्बन्धमा पूर्वानुमान गर्न सहज नहुने अवश्था विद्यमान छ ।
र अन्त्यमा,
अनुदान वितरणमा धेरै चुनौति तथा समस्याहरु आउने गरे पनि कृषि विकास मन्त्रालयबाट यसको व्यवस्थापनको लागि विभिन्न प्रयासहरु भने गरिरहेकै छ । अनुदान सम्बन्धी प्रचार प्रसारको लागि आमसंचारका सबै खाले माध्यमहरु प्रयोग गरिएको छ । रेडियो तथा एफ.एम. कार्यक्रमहरु र टेलिभिजन मार्फत कृषि कार्यक्रमहरु दैनिक रुपमा प्रशारण भैरहेको छ । त्यसैगरि कृषि द्वैमासिक र विभिन्न पर्चा, पम्प्लेट र बुकलेटहरुमा समस्यामा आधारित प्रविधिहरु बारे प्रकाशनहरु उत्पादन र वितरण हुने गरेको छ । त्यसैगरिअनलाइन मिडिया अन्तर्गत कृषि सूचना तथा संचार केन्द्रको लिंकमार्फत विभिन्न सूचनाहरुमार्फत जानकारी तथा प्रचार प्रसार गराउने गरिएको छ ।

सन्तोष अधिकारी, कृषि अर्थविज्ञ,

कृषि विकास मन्त्रालय

Comments

Post a Comment

Popular posts from this blog

How to write correctly in Roman Nepali?

I have read many posts and conversations in roman nepali script in Facebook and other social networks. Writing in facebook, twitter, linkedin, google+, and other social media is generally informal. These communications need to be understandable to all whether it is written in english, नेपाली or roman nepali or any other informal and slang languages! However, writing in roman nepali script has some rules. Here I have presented some as well. For example: " मेरो नाम सन्तोष अधिकारी हो । मेरो जागिर काठमाडौंमा छ । मलाई घुमघाम गर्न रमाईलो लाग्छ । "लाई यसरी लेखिन्छ : mero naam santosh adhikari ho. mero jagir kathmanduma chha. malaee ghumgham garna ramaeelo lagchha. Here is the chart which may guide you to write in roman nepali For further details plese leave message!

नेपाल कृषि प्रधान देश वा कृषक प्रधान ?

हरेक बर्ष असार श्रावण महिनामा जब धान रोपाईँको बेला हुन्छ तब धान रोपाईको अवस्थालाई आधार बनाई नेपालको अर्थतन्त्रको आकार अनुमान गरिन्छ । विगत १५ वर्षको आर्थिक सर्वेक्षण अनुसार कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले करिब एक तिहाई भन्दा बढि योगदान दिदै आएको देखिन्छ । त्यसैगरी , धानबाली एक्लैले कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमध्ये करिब २० प्रतिशत हिस्सा ओगट्दै आएको छ । त्यसैले धान रोपाईँको क्षेत्रफल र उत्पादकत्व राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण छ । धान लगायत विभिन्न बाली , तरकारी , फलफूल , माछा , मासु , दुध र अण्डा आदिको उत्पादनले कुल राष्ट्रिय गार्हस्थ उत्पादनमा सबै भन्दा धेरै योगदान गर्ने भएकोले नेपाललाई कृषि प्रधान देशको रुपमा परिभाषित गरिदैं आएको छ । एक तिहाई भन्दा धेरै योगदान दिने , ७० प्रतिशत भन्दा बढि कृषक घरधुरी भएको र दुई तिहाई भन्दा धेरै रोजगारी दिलाउने भएकोले सरकारका नीति तथा कार्यक्रमहरुमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको पाइन्छ । नेपालको संस्थागत र योजनाबद्ध विकास २०१३ सालदेखि पहिलो पञ्चबर्षिय योजना मार्फत शुरु भएको अवस्थामा पनि कृषि क्षेत्रलाई प्राथमिकताको ...

Youth in Agriculture in Nepal

Youth in agriculture in Nepal: Definition and significance There is no single definition to define youth that can satisfy all globally. It may vary along with the country and many times with programs and policies. However, people in their youth stage seem relatively more fresh in appearance and vigor. Oxford Dictionary has defined the period between childhood and adult is youths. It also spells: Youths are the people at the age of young. Various national and international organizations have defined young people or youth stage differently. United Nations Organizations usually refer the people between 15-24 years old are young in many of its statistics. However, some special projects have defined youths differently. Here is the attachment. Source: UN4Youth-  http://www.un.org/esa/socdev/documents/youth/fact-sheets/youth-definition.pdf Similarly, the Government of Nepal recognizes its citizen through the certificate of citizenship on the basis of ACT. S/He can request for ...