Skip to main content

Youth Focused Programs under MoAD 2015 [युवा लक्षित कार्यक्रम]

युवा लक्षित कार्यक्रमहरु सम्बन्धी विवरण-
कृषि विकास मन्त्रालय 

नीतिगत व्यवस्था
¨राष्ट्रिय कृषि नीति २०६१- शिक्षित बेरोजगार युवाहरुलाई कृषि पेशामा आकृष्ट गर्न कृषि व्यवसाय स्थापना तथा संचालन तालिमको व्यवस्था
¨तेह्रौं योजना-कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा विकास गरी युवा जनशक्तिलाई व्यवसायिक कृषि तर्फ आकर्षित गर्ने
¨कृषि विभाग अन्तर्गत संचालित युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१
¨पशु सेवा विभाग अन्तर्गत संचालित युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१
¨विदेशमा कृषि सम्बन्धि तालिम तथा उच्च शिक्षा हाँसिल गरी स्वदेशमा व्यवसाय संचालन गर्ने युवाहरुलाई प्रोत्साहन तथा अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७१
¨युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७१
¨राष्ट्रपति उत्कृष्ठ कृषक पुस्कार वितरण निर्देशिका २०७०
¨सिमान्तकृत समुदाय लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७२

युवाको परिभाषा  तथा लक्षित वर्ग
¨१८ देखि ५० बर्ष सम्मका 
¨विदेश जान खोजेका वा विदेशबाट फर्किएका
¨स्वदेशमा कृषि व्यवसाय थालनी गरेका
¨व्यवसायिक कृषि सम्बन्धी तालिम लिएका वा नलिएका
आ.ब. २०७१/७२ मा युवा लक्षित कार्यक्रमहरु

क्र सं

कार्यक्रम

युवा संख्या

बजेट रु लाखमा

मौरीपालन कार्यक्रम

१०००

२०००

च्याउ खेती

२०००

१०००

मत्स्यपालन

२००

१०५

तरकारी

४४१५

२४५१.७८

पशुउत्पादन बजार

५०

१००

डेरी

४७२

१०५८.८

बाख्रापालन

१६०

३२४

बंगुरपालन

९२

१०९.२

कुल जम्मा

८३५९

७१४८


अन्य कार्यक्रम
¨ग्रामिण कृषि कार्यकर्ता तालिम- ११ सय जना रु ५ करोड २८ लाख
¨पशु पालन व्यवहारिक तालिम- १५०० सय जना-  रु ९० लाख
¨बैदेशिक सहायतामा संचालित आयोजनाबाट युवाहरु लाभान्वित हुने ९०० जना करिब रु ६ अरब
¨राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार २२५ जना- ४४ लाख
¨शोधकार्य अनुदान ३५ जना
¨..................
¨लगायत

प्रगति सम्बन्धमा
¨ईजरायलबाट फर्केका युवाहरु मध्ये केहि पुनः अर्को देशमा गएका तथा केहिको विहे भई लक्षित जिल्ला बाहिर गएका
¨मौरी पालन र च्याउ खेतीका लागि आवश्यक पर्याप्त श्रोत साधन नभएको

चालु आ.ब.मा संचालित कार्यक्रमहरु
¨तरकारी सम्बन्धी कार्यक्रम निरन्तरता
¨केन्द्रबाट संचालित मौरी र च्याउ खेती कार्यक्रमलाई निश्चित जिल्लाहरुमा सिमित गरिएको
¨पशुपंक्षी उत्पादन र बजार सम्बन्धी कार्यक्रम विस्तार भएको
¨जिल्लास्तरबाट समेत युवालक्षित कार्यक्रम संचालन गर्न मार्गदर्शन भएको
¨सिमान्तकृत समुदायलाई लक्षित गरिएको

समन्वयात्मक कार्यक्रम सम्बन्धी
¨युवाहरुको वर्गिकरण र आवश्कता पहिचान
¨युवा अनुभव आदान प्रदान तथा अन्य युवा लक्षित कार्यक्रममा राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार वा यस्तै प्रकृतिका सम्मानबाट पुरस्कृत कृषक र उद्यमीलाई समेत समावेश गर्ने
¨विदेशबाट सीप अनुभव र पूँजी आर्जन गरिरहेका युवाहरुलाई स्वदेशमा ब्यवसाय संचालनमा प्रोत्साहित गर्न विभिन्न निकायबाट उपलब्ध गराइने सेवा सुविधा र सुरक्षाबारे प्रचार प्रसार गर्ने

सुझाव
¨युवाहरुको परिभाषामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने गरी नेपालमा संचालित कार्यक्रममा एकरुपता कायम गर्ने
¨उत्कृष्ठ तथा उदाहरणीय कार्य गरिरहेका युवाहरुलाई अगुवा युवाहरुको रुपमा सम्मानित गर्दै विकास र प्रसारमा संलग्न गराउने
¨सरकारी निकायहरुबाट प्रवाह हुने अनुदान सहुलियत तथा सुविधाहरुको सूची तयार गरी एकद्वार प्रणाली मार्फत सेवा प्रवाह गर्ने गराउने
¨विदेशमा आर्जन गरेको सीप, अनुभव र पूँजीलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाइ रोजगारी तथा स्वरोजगारका अवसर सृजना हुने वातावरण तयार गर्ने
¨तुलनात्मक लाभ तथा क्षेत्रीय प्रतिस्पर्धी क्षमता भएका क्षेत्रमा युवा परिचालन गर्ने वातावरण (नीति) बनाउने
¨रोजगारमूलक व्यवसायिक कृषि कार्यक्रम संचालन गर्न जाने युवाहरुलाई सहयोग पुर्याउन विशेष प्याकेजको व्यवस्था मिलाउने 

Comments

Popular posts from this blog

How to write correctly in Roman Nepali?

I have read many posts and conversations in roman nepali script in Facebook and other social networks. Writing in facebook, twitter, linkedin, google+, and other social media is generally informal. These communications need to be understandable to all whether it is written in english, नेपाली or roman nepali or any other informal and slang languages! However, writing in roman nepali script has some rules. Here I have presented some as well. For example: " मेरो नाम सन्तोष अधिकारी हो । मेरो जागिर काठमाडौंमा छ । मलाई घुमघाम गर्न रमाईलो लाग्छ । "लाई यसरी लेखिन्छ : mero naam santosh adhikari ho. mero jagir kathmanduma chha. malaee ghumgham garna ramaeelo lagchha. Here is the chart which may guide you to write in roman nepali For further details plese leave message!

नेपाल कृषि प्रधान देश वा कृषक प्रधान ?

हरेक बर्ष असार श्रावण महिनामा जब धान रोपाईँको बेला हुन्छ तब धान रोपाईको अवस्थालाई आधार बनाई नेपालको अर्थतन्त्रको आकार अनुमान गरिन्छ । विगत १५ वर्षको आर्थिक सर्वेक्षण अनुसार कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले करिब एक तिहाई भन्दा बढि योगदान दिदै आएको देखिन्छ । त्यसैगरी , धानबाली एक्लैले कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमध्ये करिब २० प्रतिशत हिस्सा ओगट्दै आएको छ । त्यसैले धान रोपाईँको क्षेत्रफल र उत्पादकत्व राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण छ । धान लगायत विभिन्न बाली , तरकारी , फलफूल , माछा , मासु , दुध र अण्डा आदिको उत्पादनले कुल राष्ट्रिय गार्हस्थ उत्पादनमा सबै भन्दा धेरै योगदान गर्ने भएकोले नेपाललाई कृषि प्रधान देशको रुपमा परिभाषित गरिदैं आएको छ । एक तिहाई भन्दा धेरै योगदान दिने , ७० प्रतिशत भन्दा बढि कृषक घरधुरी भएको र दुई तिहाई भन्दा धेरै रोजगारी दिलाउने भएकोले सरकारका नीति तथा कार्यक्रमहरुमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको पाइन्छ । नेपालको संस्थागत र योजनाबद्ध विकास २०१३ सालदेखि पहिलो पञ्चबर्षिय योजना मार्फत शुरु भएको अवस्थामा पनि कृषि क्षेत्रलाई प्राथमिकताको ...

स्वतन्त्र उम्मेद्वारको सान्दर्भिकता

हालसालै अष्ट्रेलियाको संघीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले कुल १७५ मध्ये १० सीटमा विजय प्राप्त गरी सनसनी मच्चाएका छन् । त्यस्तै नेपालमा पनि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशको राजधानी काठमाडौँ लगायतका स्थानीय गाउँपालिका / नगरपालिकाहरुमा स्वतन्त्र उम्मेद्वारको विजयले नेपालको राजनीतिमा नयाँ तरङ्ग र बहस सृजना गरिदिएको छ । चर्चित र परिचित धेरै अनुहारहरु आगामी सँसदिय निर्वाचनमा उम्मेद्वारी दिने आकाँक्षा देखाइरहेका छन् । स्थानीय निकायका अध्यक्ष / मेयर हुनु र साँसद हुनु जिम्मेवारी , क्षेत्राधिकार र जवाफदेहिताका हिसाबले फरक कुराहरु हुन् ।  अध्यक्ष / मेयर स्वायत्त निकाय नेतृत्व गर्दछन् जहाँ आफ्नो राजनैतिक दलको प्रभाव पर्न वा नपर्न सक्छ भने सँसदमा दलको आवश्यकता र निर्देशनमा चल्न पर्ने हुन्छ । स्वतन्त्र उम्मेद्वारीको बढ्दो लोकप्रियताको अर्थ नेपालमा २०४६ सालको आन्दोलन र प्रजातन्त्र पुनस्र्थापना पश्चात बहुदलिय व्यवस्था लागु भयो र दलहरु स्थापना गरी राजनीति गर्न बाटो खुल्ला भयो । तत्पश्चात धेरै दलहरु स्थापना भए । नेपालको राजनीतिमा केहि दलहरुको मात्र उल्लेखनिय उपस्थिति भयो । विड...