धन्यबाद ट्राफिक प्रहरी
शहर भनेको सभ्य, शिक्षित अनि अनुशासित मान्छेहरु बसोवास गर्ने स्थान हो भन्ने आम मान्यता हो । नेपालको राजधानी काठमाडौं सबैभन्दा शिक्षित जनसंख्या भएको जिल्ला हो जहाँ ८६ प्रतिशत मानिस शिक्षित छन् । अझ सवारी साधन चलाउने सवारी चालकको कुरा गर्ने हो भने त शत प्रतिशत नै शिक्षित हुन् किनकी सवारीचालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न लिखित परिक्षा पास गर्नृपर्दछ अनि लाइसेन्स विना सवारी चलाउन पाइदैन । यातायात व्यवस्था विभागका अनुसार बागमतिमा हालसम्म १० लाख सवारी दर्ता भएकोमा काठमाडौंमा करिब ५ लाख सवारी साधन गुड्छन् र ती सवारी साधनको व्यवस्थाको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट १०८५ जना तथा विशेष अवसरहरुमा सवारी चाप हेरी जनपद प्रहरी र अन्य स्वयंसेवकहरु खटिइने गरेका छन् तर ट्राफिक जामको समस्या दिनानुदिन बढिरहेको छ । यसले आम मानिसमा ठूलो नैराश्यता पैदा गरेको छ ।
बढ्दो शहरीकरण सँगै कसैको रहर त कसैको बाध्यताले गर्दा आजकल मोटरसाईकल र साना सवारी साधनको संख्या निकै नै बढेको छ । विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले पनि सवारी खरिदमा दिने किस्तावन्दी सहुलियतले सवारी खरिदलाई प्रोत्साहन गरेको छ । बेला बेलामा आयोजना हुने मेला तथा छुट जस्ता स्किमहरुले पनि यसलाई बढावा दिएको छ । यसरी बढ्दै गएको सवारी साधनको संख्या नै ट्राफिक जामको विभिन्न कारक मध्ये एक हो भन्ने बुझाई रहेको छ । शहरको सडकको क्षमता भन्दा बढि संख्यामा सवारी साधन आवत जावत भएर यसरी ट्राफिक जाम भएको धेरै विज्ञहरु भन्ने आम मानिसको बुझाइ रहेको छ ।
समय समयमा भैरहने विभिन्न जातजातिका चाडपर्व, जात्रा, महोत्सवले पनि सवारी आवागमनमा बाधा पुर्याउने गरेको छ । चाहे विवाह, ब्रतबन्ध, विजयका उत्सव मनाउने होस् वा कसैको विरोध अनि र्याली होस् चाहे त्यो मृत्युसँग सम्बन्धित शोकको अवस्था होस् सडक नै प्रयोग हुने गरेको छ । व्यक्तिगत आवास वा व्यवसायिक भवन निर्माण गर्दा बालुवा गिटी, रड, सिमेन्ट लगायतका निर्माण सामग्री राख्ने ठाउँ पनि त्यहि सडक नै हो । त्यसै गरी सार्वजनिक निकायले गर्ने गरेको सडक, पुल, नाली, खानेपानीको लाइन, टेलिफोन, बिजुली आदि निर्माणमा पनि सडक नै अवरुद्ध गरी निर्माण हुने गरेको छ । छाडा छोडिएका गाई, गोरु, तथा कुकुरहरुले पनि कतिपय स्थानमा सडक छेकेर बसिदिन्छन् । साथै, बढिरहेको सवारीको संख्या अनुसार पार्किङ्ग गर्ने पर्याप्त र उपयुक्त स्थान नहुँदा पनि ट्राफिक जाम झनै बढाएको छ ।
विभिन्न चोकहरुमा खासगरी अफिस समय वरिपरि एकाध घण्टासम्म जाममा कुर्नु सामान्य जस्तै भैसक्यो । उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न विगत केही बर्षदेखि सडक चौडा गरिए पनि सोचे जस्तो व्यवस्थापन हुन सकेको छैन । बरु मूल सडकहरु त विस्तार हुने तर चोक र पुल भएको क्षेत्रमा सडक विस्तार तथा व्यवस्थापन नहुँदा सवारी आवागमनमा ‘बोटल नेक’ भई झन् समस्या बढेको छ । बत्तिसपुतली, मैतिदेवि, गौशाला, नारायण गोपाल चोक, थापाथलि चोक, बानेश्वर चोक, कालिमाटी, चोक, बल्खु चोक आदि क्षेत्रमा ट्राफिक जामको समस्या बढि देखिन्छ ।
नेपालको सबैभन्दा बढि शिक्षित जनसंख्या भएको शहर भए पनि काठमाडौंका बासिन्दाहरु बढ्दो ट्राफिक जाम व्यवस्थापनमा सहयोगी नबनिदिदाँ समस्या झन् बढ्दै गएको छ । त्यसैले, बरु हिडेरै शहरका कुनै पनि गन्तव्य चाँडो पुग्न सकिन्थ्यो कि भन्ने भान हुन्छ ।
शिक्षित समुदायका सदस्यहरु आफू जाम व्यवस्थापनमा वेवास्ता गर्ने तथा गैर जिम्मेवार बन्ने अनि ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न सकेन भनेर दोष थोपरेर गाली गर्ने, सवारी नियम प्रति अटेरी बनिदिने अनि आफू बाहेक सबैले नियम पालना गरिदियोस् भन्ने भावना राख्ने भएकोले ट्राफिक जामको समस्या दिनानुदिन बढ्दो र डरलाग्दो अवस्थामा पुगिसकेको छ । ट्राफिक प्रहरीहरुको मात्र एकल प्रयासबाट मात्र यो समस्या समाधान हुन सक्दैन भन्ने सबैलाई थाहा भएर पनि वेवास्ता गरिनु साह्रै दुर्भाग्यपूर्ण अवस्था हो ।
सवारी साधनहरु जामको लाईन बसेको बेला लेन मिचेर सबै भन्दा अगाडि लगेर राख्न खोज्ने खासगरी मोटरसाईकल/स्कुटर चालक, ट्राफिक जाम भएको बखत लगातार हर्न बजाएर ट्राफिक प्रहरीलाई समेत दबाब दिने अनि यसैमा पुरुषार्थ गर्ने सवारी चालकहरुको संख्या पनि बग्रेल्ती हुन थालेको छ । त्यसैगरि रातको समयमा मूल सडकमा हेडलाईट डिम नगरी सवारी साधन चलाउँदा र हर्नको चर्को आवाजले ड्युटीमा खटिएका ट्राफिक प्रहरी र अन्य सर्वसाधारण व्यक्तिमा नकारात्मक मानसिक असर पर्छ भन्नेबारे अधिकांश सवारी चालक सचेत देखिदैन । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई नै सवारी साधनले ठक्कर दिई ज्यान गएको केहि घटनाहरु पनि घटेका छन् । गुडिरहेको मोटरसाइकलले नियन्त्रण गुमाउँदा भक्तपुर सल्लाघारीमा ड्युटीमा रहेका ट्राफिक जवान प्रदिप राईले ज्यानै गुमाउनु पर्र्यो ।
सवारी चालक मात्रै होइन पैदल यात्री र सवारी चढ्ने यात्रुहरु पनि जथाभावी सडक पार गर्ने, जथाभावी ओर्लने र चढ्ने गर्दा पनि ट्राफिक जामको समस्या बढ्न गएको हो । राजधानीजस्तो ठाउँमा जहाँ शिक्षित जनताहरु बढि बसोबास गर्दछन्, त्यहाँका ट्राफिक प्रहरीहरु एकातिर सवारीलाई आवतजावतको लागि इशारा गरिरहेका हुन्छन् त अर्कोतिर पैदल यात्रुहरुलाई । छाडा चौपाया धपाउने र हराएका सवारी साधन खोजिदिने कार्यको जिम्मेवारी पनि ट्राफिक प्रहरी कै हुन्छ । विशेष भिआईपी सवारीमा सडक खाली गराउने देखि दमकल, एम्बुलेन्स र शववाहनहरुलाई सहज रुपमा यातायातको व्यवस्था मिलाउने सम्म काम ट्राफिक प्रहरीले नै गर्नु पर्दछ । यति गर्दा पनि सवारी चालक र पैदल यात्रु सकेसम्म ट्राफिक प्रहरीलाई छलेर अनि अटेरी भई अगाडि बढ्ने प्रयासमा हुन्छन् । कमसेकम मानिसमा चेतना होस् र नियम पालना होस् भनेर एकपटक जथाभावी सडक पार गर्नेलाई व्यंग्यात्मक शैलीमा चकलेट सुन्तला उपहार पनि दिइएको थियो । तर लाज र शर्म नभए पछि कसको के लाग्छ ? खाईदिए उपहार, बिर्सिदिए नियम ।
आफ्नै सुरक्षाको लागि पनि आम जनता तथा स्वयं सवारी चालक सचेत नभइदिएको अवस्थामा दिनरात धुलो, धुँवा, र ध्वनीको पर्वाह नगरी ड्युटीमा खटिने ट्राफिक प्रहरीहरुका बारेमा भने ध्यान दिने फूर्सद कमैलाई छ । प्रदुषणको हिसाबले काठमाडौं संसारकै तेश्रो प्रदुषित शहर हो जहाँ ट्राफिक प्रहरीहरु कमसल खालको मास्क लगाएर ड्युटी गर्न बाध्य छन् । भारतको दिल्ली शहर प्रदुषण बरियतामा आठौं नम्बरमा रहेको छ । दिल्लीमा कार्यरत ट्राफिक प्रहरीहरुको स्वास्थ्य परिक्षण गराउँदा २५ प्रतिशत प्रहरीको फोक्सोले राम्रोसँग काम गर्न नसकेको पाइयो ।
आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा उनीहरुलाई पिउने पानी, खाजा खाने समय र व्यवस्थापन, घर र स्टेशन आवतजावत, शौचालय, सवारी नियन्त्रण गर्न बनाइएको पोडियम तथा शारीरिक आराम जस्ता विषयमा राज्यबाट पर्याप्त सेवा सुविधा पाएको पनि देखिदैन । घाममा पसिनाले भिज्दै त बर्षामा पानीले रुझ्दै काम गर्नुपरेको देखिन्छ । भारतकै अहेमदाबादमा गरिएको एक अध्ययनका अनुसार लगातार उभिएर काम गर्नेहरुलाई भेरिकोज भेन भन्ने नशा सम्बन्धी रोग बढि लाग्ने गरेको र यो रोग लगातार उभिएको समय र उमेर अनुसार बढ्दै गएको पाइएको छ । अध्ययन अनुसार ट्राफिक प्रहरीहरु यसबाट बढि पिडित भएको पाइएको छ । धुँवा, ध्वनी र धुलोले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा दिनानुदिन समस्या बढ्दै जाने जोखिम रहेको छ भने कपडाहरु एकैदिनमा मैलो भैदिने समस्याको सामना गरिरहेका छन् ।
यसरी काठमाडौंमा यसरी ड्युटी गरिरहेका प्रहरीहरु पनि श्वास प्रश्वास, मानसिक स्वास्थ्य तथा नशा सम्बन्धी रोगको उच्च जोखिममा रहेका छन् ।
यस्तो अवस्थामा ट्राफिक प्रहरीहरु बिनाको एकदिनको परिकल्पना गरौं त कति भयावह स्थितिको सामना गर्नु पर्ला हामीले ? अहिले नै हामी धेरै ठाउँमा बिरामी बोकेको एम्बुलेन्स समेत जाममा फसेको देखिन्छ । यहि हो त हामीले सिकेको सभ्यता ? यहि हो त शहरवासी हुनुको परिचय? त्यो एम्बुलेन्समा हाम्रा कोही आफन्त हुन्छन् भने पनि हामी त्यसरी नै सवारी चलाउछौं त? अनि अहिलेकै ट्राफिक जामलाई वेवास्ता गर्छौं त ?
अतः सबै भन्दा पहिले जिम्मेवार सवारीचालक तथा यात्रु बनौं अनि यो ट्राफिक व्यवस्थापनमा हामी कसरी सहयोग पुर्याउन सक्छौं त्यो गरौं । अरु केहि गर्न नसके कमसेकम गरिरहेकाहरुलाई धन्यवाद त दिन सकिन्छ । त्यसैले ति ड्युटीमा खटिएका सबै ट्राफिक प्रहरीहरु, जसले आफ्नो स्वास्थ्यको वेवास्ता गरी हामी सवारी चालक तथा पैदल यात्रुहरुको हितमा खटिएका छन्, आभार व्यक्त गर्न चाहन्छु र सबैलाई पुनः एक पटक अनुरोध गर्न चाहन्छु उनीहरुको लागि केही गर्न नसके पनि कमसेकम धन्यवाद त दिऔं । धन्यवाद ट्राफिक प्रहरी ।

अन्नपूर्ण पोष्टमा मिति २०७३ आश्विन १९ गते छापिएको लेख को कटिङ्ग |
Comments
Post a Comment