Skip to main content

Popular posts from this blog

How to write correctly in Roman Nepali?

I have read many posts and conversations in roman nepali script in Facebook and other social networks. Writing in facebook, twitter, linkedin, google+, and other social media is generally informal. These communications need to be understandable to all whether it is written in english, नेपाली or roman nepali or any other informal and slang languages! However, writing in roman nepali script has some rules. Here I have presented some as well. For example: " मेरो नाम सन्तोष अधिकारी हो । मेरो जागिर काठमाडौंमा छ । मलाई घुमघाम गर्न रमाईलो लाग्छ । "लाई यसरी लेखिन्छ : mero naam santosh adhikari ho. mero jagir kathmanduma chha. malaee ghumgham garna ramaeelo lagchha. Here is the chart which may guide you to write in roman nepali For further details plese leave message!

रासायनिक मलको विकल्प

रसायनिक मलको विकल्प मानवमुत्र बाली उत्पादनको लागि मल , जल , र बीउ लगायतका महत्वपूर्ण उत्पादन सामग्रीहरुको उचित र उच्चतम प्रयोगबाट कृषिको व्यवसायिकरण हुन्छ । यद्यपि ,  एउटै जग्गामा लगातार खेती गरिरहँदा माटोको उर्वराशक्ति क्षय हुँदै गईरहेको छ । यस सन्दर्भमा माटोको उर्बराशक्ति कायम राख्न मलको प्रयोग गर्नु पर्दछ । तर कृषकस्तरमा प्रांगारिक मल , गोठेमल तथा हरियो मलको पर्याप्त उत्पादन हुन नसक्दा रसायनिक मलमा निर्भर हुनु परेको छ । साथै , रसायनिक मलमा बिरुवालाई चाहिने मुख्य खाद्यतत्वहरु तुलनात्मक रुपमा धेरै र विरुवाहरुले तुरुन्त लिनसक्ने भएकोले कृषकहरु रसायनिक मल तर्फ बढि आकर्षित छन् । हाम्रो देशमा रसायनिक मल उत्पादन गर्ने कारखाना नभएको हुँदा रसायनिक मल अनुदानमा बर्षेनी अरबौं रुपैंयाँ खर्च भइरहेको छ । (हेर्नुहोस् तालिका १) । तालिका १ विभिन्न आर्थिक बर्षमा अनुदानमा रसायनिक मल वितरण गर्नको लागि खर्च भएको बजेट क्र.सं. आ.ब. रसायनिक मलमा अनुदानको लागि अनुदानको खर्च भएको बजेट (रु. हजारमा) १ 2065/66 366812 २ 2066/67 1370518 ३ 2

नेपालको संविधानमा कृषि

संविधानमा कृषि संविधानसभाबाट नेपालको संविधान पारित भएको छ । १८१ पृष्ठ लामो संविधानमा ३५ भाग र ३०८ धाराहरु रहेका छन् । प्रस्तुत धाराहरु मध्ये केहि धाराहरुले कृषि क्षेत्रलाई पनि महत्वका साथ उल्लेख गरेको छ । संविधानले हरेक नागरिकको मौलिक हकको रुपमा प्रत्येक नागरिकको खान पाउनुपर्ने अधिकार सुनिश्चित गरेको छ । साथै राज्यका नीतिहरु मार्फत कृषि क्षेत्रलाई सम्बोधन गरिएको छ । यस संविधानले किसान तथा कृषि क्षेत्रमा संलग्न तथा आश्रितहरुसँग सम्बन्धित विभिन्न विषयहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । भूमिहिन तथा साना किसानहरुको बारेमा समेत संविधानको धाराहरुमा उल्लेख भएका छन् भने व्यवसायिक तथा आधुनिक कृषिको बारेमा परिकल्पना गर्दै वातावरण मैत्री एवं जलवायु अनुकूल खेतीका बारेमा पनि विधिवत व्यवस्था गरेको छ । रोजगारी र अन्य विभिन्न बहानामा देशका युवा शक्ति पलायन हुँदा देशमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन पुगेको छ । जसले गर्दा कतिपयस्थानमा जग्गाहरु बाँझो रहन गएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै जग्गाको सदुपयोगको कानूनी व्यवस्था गर्न खोजिएको छ । जग्गाको आकार सिमित छ जसले गर्दा बढ्दै