Skip to main content

Posts

चामल उत्पादनमा आत्मनिर्भरता

https://www.kantipurdaily.com/printedition/2016/06/29/20160629091803.html?author=1 चामलमा आत्मनिर्भरता कि पर्याप्तता असार १५, २०७३- हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदा नेपालमा चामलको बढ्दो आयातसँग जोडेर कृषि क्षेत्रको मूल्याङ्कन गर्ने गरिन्छ । गत आर्थिक वर्ष (आव) मा करिब रु. २५ अर्बको चामल आयात भएको व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्याङ्कले देखाइरहेको अवस्थामा चालु आर्थिक वर्षको १० महिनामै रु. १९ अर्बभन्दा बढीको चामल आयात भैसकेको छ । धानको उत्पादनले कुल राष्ट्रिय अर्थतन्त्रमा करिब ६ प्रतिशत योगदान गर्ने भएकोले नेपालको अर्थतन्त्र धानमा आधारित भनी परिभाषित गर्ने गरिन्छ । सन् १९८० को दशकसम्म नेपालले चामल निर्यात गर्ने गरेको भए तापनि अहिले वर्षेनि अर्बौं रुपैयाँको चामल आयात हुनथालेको छ । यस अवस्थामा चामलमा आत्मनिर्भर हुने विषयले निकै चर्चा पाउने गरेको छ । धान उत्पादन तथा धानको अर्थशास्त्रमा विद्यावारिधि गरेका विज्ञहरू तथा यसै क्षेत्रमा लामो अनुभव लिनेहरू पनि धेरै भइसके तर उनीहरूको ज्ञान र अनुभवबाट राष्ट्रले उल्लेख्य केही पाउनसकेको छैन । यात नीतिगत तथा कार...

Know about the agriculture in Nepal

Know about Agriculture in Nepal नेपालको कृषिको बारेमा केहि तथ्यहरु जान्नुहोस्ः Every yer National Rice Day is celebrated in Asar 1 हरेक बर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाईन्छ  Ministry of Livestock Development is established in December 24, 2015. Earlier Ministry of Agricultural Development used to look after livestock along with agriculture and food technology.  पशुप‌क्षी विकास मन्त्रालयको  स्थापना मिति २०७२ पौष ०९ गते भएको हो । यस अघि कृषि विकास मन्त्रालयले कृषि र खाद्य प्रविधिको साथ साथमा पशुप‌ंक्षीका विषयहरुमा पनि हेर्ने गरेको थियो ।    Ministry of Agricultural Development is named in 2069 Jestha 5 (2012 May 18) after the Cooperative division is merged with the Ministry of Cooperatives and Poverty Alleviation २०६९ जेष्ठ ०५ गते  सहकारी विभाग सहितको संरचना सहकारी तथा गरिबी निवारण मन्त्रालय बन्न पुगे पछि कृषि तथा सहकारी मन्त्रालय कृषि विकास मन्त्रालय बन्न पुग्यो ।    Achhami is the world's smallest cow  अछामी गाई संसार कै ...

नेपाल कृषि प्रधान देश वा कृषक प्रधान ?

हरेक बर्ष असार श्रावण महिनामा जब धान रोपाईँको बेला हुन्छ तब धान रोपाईको अवस्थालाई आधार बनाई नेपालको अर्थतन्त्रको आकार अनुमान गरिन्छ । विगत १५ वर्षको आर्थिक सर्वेक्षण अनुसार कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले करिब एक तिहाई भन्दा बढि योगदान दिदै आएको देखिन्छ । त्यसैगरी , धानबाली एक्लैले कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमध्ये करिब २० प्रतिशत हिस्सा ओगट्दै आएको छ । त्यसैले धान रोपाईँको क्षेत्रफल र उत्पादकत्व राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण छ । धान लगायत विभिन्न बाली , तरकारी , फलफूल , माछा , मासु , दुध र अण्डा आदिको उत्पादनले कुल राष्ट्रिय गार्हस्थ उत्पादनमा सबै भन्दा धेरै योगदान गर्ने भएकोले नेपाललाई कृषि प्रधान देशको रुपमा परिभाषित गरिदैं आएको छ । एक तिहाई भन्दा धेरै योगदान दिने , ७० प्रतिशत भन्दा बढि कृषक घरधुरी भएको र दुई तिहाई भन्दा धेरै रोजगारी दिलाउने भएकोले सरकारका नीति तथा कार्यक्रमहरुमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको पाइन्छ । नेपालको संस्थागत र योजनाबद्ध विकास २०१३ सालदेखि पहिलो पञ्चबर्षिय योजना मार्फत शुरु भएको अवस्थामा पनि कृषि क्षेत्रलाई प्राथमिकताको ...

कृषि विकासमा कहाँ चुक्यौं हामी ?

कहाँ चुक्यौं हामी ? नेपालमा अधिकांश नीति तथा योजनाहरुको प्रमुख उद्देश्यमा कृषि उत्पादन अभिवृद्धि गर्दै स्थानीय रोजगारीका अवसर श्रृजना गर्नु र खाद्य सुरक्षा सुनिश्चित गर्नु उल्लेख भएको हुन्छ । तथापि , कृषि विकासको ९५ बर्ष भन्दा लामो संस्थागत प्रयासबाट पनि ती उद्देश्यहरुको सम्बन्धमा आशातित सफलता हाँसिल गर्न सकिरहेको छैन । यस सन्दर्भमा हाम्रो मुख्य कमजोरी कहाँ छ पत्ता भनी लगाउनु जरुरी छ । कृषि क्षेत्र मूलुकको मूख्य रोजगारप्रदायक क्षेत्रको रुपमा रही कुल राष्ट्रिय रोजगारीमा दुई तिहाई हिस्सा ओगट्ने गरेको छ । तथापि , राष्ट्रिय अर्थतन्त्रलाई सहि दिशा तथा गतिमा डो ¥ याउन नसक्दा कृषि क्षेत्रले कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनको एक तिहाई अंश मात्र योगदान गर्न सकेको छ । जसले गर्दा कृषि तथा कृषिमा संलग्न कृषक र कृषि मजदुरको उत्पादकत्व उत्साहजनक नरहेको दृष्टान्त हामी सामु चुनौतिको रुपमा उभिएको छ । अझै पनि कुल गरिब जनसंख्या मध्ये कृषि क्षेत्रमा संलग्न कृषक तथा कृषि मजदुर कै बाहुल्यता रहेको छ । कुनै समय नेपालको खाद्यान्न आयात गर्ने देश दक्षिण कोरियाले अहिले खाद्यान्न होइन मानवश्रोत आयात गरी ...

Share of expenditure in agriculture and agriculture growth rate in Nepal

Share of expenditure in agriculture and agriculture growth rate in Nepal The secondary data analysis provided by Ministry of Agricultural Development (MoAD), Ministry of Finance (MoF) and Central Bureau of Statistics (CBS) over 13 years (2002/03-2013/14) shows that share of expenditure in agriculture and agriculture growth rate goes in same direction. The annual growth rate of agriculture sector in FY 2007/08 (2064/65 BS) was decade highest reaching 5.8 percent while it was just 1.0 percent in its preceding year FY 2006/07. One of my study on government expenditure in agriculture (MoAD) and its contribution showed that it is significant to contribute national economy. In spite of the government's priority to this agriculture sector, budget allocation is not sufficient enough to address the ever increasing demand of farmers. The major share of budget is allocated in recurrent activities and lesser to the capital formations. Fertilizer subsidy has consumed more than 25 percent...