Skip to main content

ध्यान नदिइएको धानबाली

https://www.kantipurdaily.com/bibidha/2018/06/23/152971993059868232.html


काठमाडौँ — संसारभरिका सयभन्दा धेरै देशका कृषकहरूले १५ करोड ८० लाख हेक्टरभन्दा धेरै जग्गामा धानको खेती गरी करिब ७० करोड टन धान फलाउँछन्, जसबाट करिब ४७ करोड टन चामल प्राप्त हुन्छ। नेपालको छिमेकी देशहरू चीन र भारत संसारको सबैभन्दा धेरै धान उत्पादन गर्नेमध्ये पहिलो र दोस्रो ठूला देशहरू हुन्
साथै धानबाली विकासशील राष्ट्रहरूका २० करोडभन्दा धेरै परिवारको रोजगारी र आम्दानी तथा संसारभरिका आधा मानिसहरूको प्रमुख खाद्यान्नको स्रोत हो
हाम्रो देश नेपालको पनि राष्ट्रिय महत्त्वको बाली हो, धान करिब १४ लाख हेक्टर क्षेत्रफल र कुल खाद्यान्न उत्पादनको आधाभन्दा धेरै हिस्सा (करिब ५० लाख टन) सहित धान नेपालको सबैभन्दा धेरै खेती हुने र उत्पादन हुने बाली हो यद्यपि बढ्दो जनसंख्या तिनको आवश्यकता परिपूर्ति गर्ने सम्बन्धमा नेपालको धानखेतीको वर्तमान अवस्था त्यति उत्साहजनक छैन। विगत पाँच दशकमा जनसंख्या प्रतिवर्ष औसत १.७४ प्रतिशतका दरले बढिरहँदा धान उत्पादन भने १.६२ प्रतिशतका दरले मात्रै बढेको छ अझ पछिल्लो दशकमा धानखेती गर्ने क्षेत्रफल लाख २९ हजार हेक्टरले घटेको त्यसैले हरेक वर्ष चामल आयातमा हुने खर्च बढिरहेको अहिले नेपालले वार्षिक करिब पाँचदेखि सात लाख टन चामल आयात हुन्छ, जसबाट रु २५ अर्बभन्दा धेरै रकम विदेशिन्छ
धान उत्पादनले नेपालको राष्ट्रिय अर्थतन्त्रमा ६ देखि ७ प्रतिशतसम्म योगदान गर्छ वर्तमान सरकारका संघीय तथा प्रादेशिक नीति तथा कार्यक्रमहरूमा पनि कृषि क्षेत्रले राम्रै स्थान पाएको छ विगतमा कार्यान्वयन भएका कार्यक्रमहरू, नीतिहरू तथा अनुसन्धानहरूबारे अध्ययन गर्दा धेरै उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका बीउहरूको उपलब्धता हुँदाहुँदै पनि धानखेतीको उत्पादनमा आशातित उपलब्धि हासिल हुनसकेको देखिँदैन देश अहिले समृद्धि उन्मुख भएको अनि राज्यले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएको तथा कृषकहरू विस्तारै जागरुक हुने क्रममा रहेको अवस्थामा धानबाट नै देशमा समृद्धि सम्भव देखिन्छ यसका लागि केही विषयहरूमा सम्बन्धित सबैको ध्यान जान जरुरी
वर्षायाममा अरू बाली हुन सक्दैन
नेपालको अर्थतन्त्रको समीक्षा हुँदा बारम्बार प्रयोग हुने शब्दावली हो– मनसुन मनसुन अनुकूल वा प्रतिकूलको सिधा प्रभाव राष्ट्रिय अर्थतन्त्रमा पर्छ यसले धानबालीलाई नै खास लक्षित गरेको हुन्छ
चामलका लागि खेती गरिने धानबालीको नेपालमा विकल्प छैन भन्दा गलत हुँदैन धानबालीका लागि मुख्य मौसम वर्षायाम हो, जतिबेला धानबालीको सट्टा अर्को बाली फस्टाउन सक्दैन तसर्थ धानबाली नलगाइएको जग्गा करिब–करिब बाँझो रहन जान्छ वर्षायाममा धान बाहेक कोदो, मकै र संरक्षित प्लास्टिक घरमा विभिन्न खेती त हुन्छ, तर त्यसको क्षेत्रफल र प्रभाव धानबालीको तुलनामा नगण्य छ विभिन्न कारणले हरेक वर्ष एकदेखि डेढ लाख हेक्टर खेतीयोग्य क्षेत्रफलमा धानखेती हँुदैन वा हुन सक्दैन ती खेती नभएका वा हुन नसकेका क्षेत्रको अवस्था अध्ययन गरी धानखेती गर्न/गराउन सकिएमा विद्यमान आयातको करिब आधा हिस्सा प्रतिस्थापन हुनसक्छ
कृषकलाई प्रोत्साहन आवश्यक
धानखेतीको उपयुक्त विकल्प छैन, तर विडम्बना धानखेती गर्ने कृषकहरूको तथा धानको क्षेत्रफल भने हरेक वर्ष घट्दै गइरहेको छ यसको एउटै प्रमुख कारण भनेको मुनाफा हो धानखेती गर्न छाडेर अन्य खेतीतर्फ कृषक आकर्षित हुनु यसैको नतिजा हो धानबालीका लागि बीउ, मल, खेताला, बाली संरक्षण, कुटानी–पिसानी लगायत विभिन्न विधामा लाग्ने खर्च बढ्दै जाँदा यस खेतीमा घाटा वा ज्यादै न्युन मुनाफा हुन्छ राष्ट्रिय महत्त्वको बाली भए पनि मुनाफा कम भने त्यस्ता बाली प्रबद्र्धनका लागि राज्यले अनुदान सहायताहरू उपलब्ध गराउँदा समतामूलक वितरण प्रणालीको अभ्यास हुन्छ फाइदा धेरै हुने बालीमा राज्यबाट सहायता नपाए पनि कृषकले निरन्तरता दिइरहेका प्रशस्त उदाहरणहरू छन्
धानखेती नाफामूलक नहुनुमा मजदुर/खेताला खर्च पनि एक महत्त्वपूर्ण कारक हो कतिपय अवस्थामा खेताला अभाव पनि कारक हो स्वदेश तथा विदेशमा विकसित विभिन्न यान्त्रीकरण सामग्री प्रविधिबाट खर्च कटौतीका साथै उत्पादन वृद्धि गर्न सकिन्छ, जसका लागि सरकारका तर्फबाट प्रारम्भिक प्रोत्साहन तथा सहायता आवश्यक पर्छ
धानबालीका कृषकहरूको संख्या र ढाकेको क्षेत्रफल अझै पनि सबैभन्दा धेरै छ तर दु:खको कुरा उनीहरूले नै तुलनात्मक रूपमा कम अनुदान सहायता पाएका छन् खेती गर्ने सबै किसानले समानता वा समताका आधारमा अनुदान उपलब्ध गराउन सक्ने हो भने धानखेतीबाट पलायन भएका कृषकलाई आकर्षित गर्न तथा बाँझो रहेका जग्गाको सदुपयोग गर्न सकिन्छ उदाहरणका लागि धानखेती हुने सबै क्षेत्रफल (करिब १५ लाख हेक्टर) मा अनुदान पुग्नेगरी प्रतिहेक्टर रु. हजारका दरले अनुदान दिने हो भने राज्यलाई रु. . अर्ब थप आर्थिक भार पर्छ, जसले विद्यमान रु. २५ अर्बको निर्यातलाई धेरै हदसम्म नियन्त्रण गर्छ धानखेती र्ने कृषकलाई तोकिएको उत्पादकत्वभन्दा धेरै उत्पादन गरेमा उत्पादकत्वको आधारमा थप अनुदान दिई प्रोत्साहन गर्न सकिन्छ
नेपालको धान कुटानी–पिसानी गर्ने मिल/कारखानाहरू अधिकांश साना स्तरका र कम कार्यकुशल भएका छन् अनुसन्धान तथा अनौपचारिक छलफलमा पनि नेपालका मिलहरूको औसत मिलिङ रिकभरी (प्रतिइकाइ धान कुटानी गर्दा चामल प्राप्त हुने अनुपात) करिब ६०–६३ प्रतिशत छ भने छिमेकी भारतमा यसको अनुपात ७० प्रतिशतभन्दा धेरै छ नेपालमै प्रचलनमा रहेका धानका धेरै जातहरूको मिलिङ रिकभरी अनुसन्धान केन्द्रहरूमा ७० प्रतिशतभन्दा धेरै देखिएको छ चामल मिलहरूले देखि प्रतिशतसम्म चामल पालिस गर्ने प्रविधि अपनाउन सक्ने हो भने मिलिङ रिकभरी प्रतिशत वृद्धि हुनसक्ने अनुसन्धानले देखाएको यसको मतलब प्रतिशत धेरै चामल उत्पादन हुनु बराबर हो नेपालमा उच्चस्तरीय धानका मिलहरू स्थापना वा स्तरोन्नतिका लागि करिब रु. ५० करोड खर्चने हो भने २० वर्षसम्म अर्को थप लगानी आवश्यक पर्दैन, बरु समग्र खाद्यान्न सञ्चित अवस्थामा सुधार हुन जान्छ
यस प्रकार धानखेती मार्फत स्वदेशमा प्रत्यक्ष रूपमा कृषि रोजगारी तथा परोक्ष रूपमा यातायात, प्रशोधन, उत्पादन सामग्रीको व्यापार लगायतका गैरकृषि रोजगारीका अवसरहरू पनि वृद्धि हुनसक्छ
नीति तथा कार्यक्रममा प्राथमिकता
धानखेती प्रोत्साहनलाई राज्यले त्यति धेरै महत्त्व दिएको देखिँदैन त्यसैको परिणाम सन् १९८० को दशकसम्म धान निर्यात गर्ने हामी अहिले वार्षिक रु. २५ अर्बसम्मको चामल आयात गर्नुपरेको छ नेपालको कृषि क्षेत्रको विकासका लागि बनेको राष्ट्रिय कृषिनीति २०६१ मा धानखेतीकै लागि विशेष दिइएको छैन कृषि क्षेत्रको दीर्घकालीन विकासको दुई ठूला योजनाहरू दीर्घकालीन कृषि योजना (सन् १९९५–२०१५) कृषि विकास रणनीति (सन् २०१५–२०३५) ले धान खेतीलाई महत्त्व नदिनु भनेको ४० वर्षसम्म धानको महत्त्व नजरअन्दाज गर्नु हो
धान सर्वाधिक महत्त्व स्वीकार्ने हो भने नीतिहरू पनि सोही अनुरूप आउनुपर्छ र ती नीतिहरूले कार्यक्रमलाई निर्देशित गरेको हुनुपर्छ धानको जातीय सुधार तथा खेती प्रणालीमा सामान्य सुधार गर्नसके मात्रै पनि धेरै प्रतिफल पाउन सकिन्छ अनुसन्धानमा नेपालका उन्मोचित धानका प्राय: उन्नत बीउहरूको उत्पादन क्षमता टन प्रतिहेक्टरभन्दा धेरै भएको बताइरहँदा नेपालको धानबालीको औसत उत्पादकत्व . टन प्रतिहेक्टरको हाराहारीमा हुनुले नेपालको धान उत्पादनमा सुधारमा ्रशस्त ठाउँहरू पनि देखाएको छ
अन्त्यमा, चामल आयातका लागि भएको खर्च कटौती गर्नसके मात्रै पनि राज्यको व्यापार घाटा न्युनीकरणमा ठूलो टेवा पुर्‍याउन सकिन्छ साथै धानको उत्पादन वृद्धिले समग्र खाद्यान्न उत्पादनका साथसाथै सम्बन्धित परिवारको तथा राष्ट्रको आम्दानी र रोजगारीमा पनि सघाउ पुर्‍याउन सक्ने भएकोले धानको विकासबाट कृषि क्षेत्रको विकास सम्भव छ, अनि कृषिको विकासबाट देशको समृद्धि पनि सम्भव छ


Comments

Popular posts from this blog

How to write correctly in Roman Nepali?

I have read many posts and conversations in roman nepali script in Facebook and other social networks. Writing in facebook, twitter, linkedin, google+, and other social media is generally informal. These communications need to be understandable to all whether it is written in english, नेपाली or roman nepali or any other informal and slang languages! However, writing in roman nepali script has some rules. Here I have presented some as well. For example: " मेरो नाम सन्तोष अधिकारी हो । मेरो जागिर काठमाडौंमा छ । मलाई घुमघाम गर्न रमाईलो लाग्छ । "लाई यसरी लेखिन्छ : mero naam santosh adhikari ho. mero jagir kathmanduma chha. malaee ghumgham garna ramaeelo lagchha. Here is the chart which may guide you to write in roman nepali For further details plese leave message!

नेपाल कृषि प्रधान देश वा कृषक प्रधान ?

हरेक बर्ष असार श्रावण महिनामा जब धान रोपाईँको बेला हुन्छ तब धान रोपाईको अवस्थालाई आधार बनाई नेपालको अर्थतन्त्रको आकार अनुमान गरिन्छ । विगत १५ वर्षको आर्थिक सर्वेक्षण अनुसार कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले करिब एक तिहाई भन्दा बढि योगदान दिदै आएको देखिन्छ । त्यसैगरी , धानबाली एक्लैले कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमध्ये करिब २० प्रतिशत हिस्सा ओगट्दै आएको छ । त्यसैले धान रोपाईँको क्षेत्रफल र उत्पादकत्व राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण छ । धान लगायत विभिन्न बाली , तरकारी , फलफूल , माछा , मासु , दुध र अण्डा आदिको उत्पादनले कुल राष्ट्रिय गार्हस्थ उत्पादनमा सबै भन्दा धेरै योगदान गर्ने भएकोले नेपाललाई कृषि प्रधान देशको रुपमा परिभाषित गरिदैं आएको छ । एक तिहाई भन्दा धेरै योगदान दिने , ७० प्रतिशत भन्दा बढि कृषक घरधुरी भएको र दुई तिहाई भन्दा धेरै रोजगारी दिलाउने भएकोले सरकारका नीति तथा कार्यक्रमहरुमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको पाइन्छ । नेपालको संस्थागत र योजनाबद्ध विकास २०१३ सालदेखि पहिलो पञ्चबर्षिय योजना मार्फत शुरु भएको अवस्थामा पनि कृषि क्षेत्रलाई प्राथमिकताको ...

Youth in Agriculture in Nepal

Youth in agriculture in Nepal: Definition and significance There is no single definition to define youth that can satisfy all globally. It may vary along with the country and many times with programs and policies. However, people in their youth stage seem relatively more fresh in appearance and vigor. Oxford Dictionary has defined the period between childhood and adult is youths. It also spells: Youths are the people at the age of young. Various national and international organizations have defined young people or youth stage differently. United Nations Organizations usually refer the people between 15-24 years old are young in many of its statistics. However, some special projects have defined youths differently. Here is the attachment. Source: UN4Youth-  http://www.un.org/esa/socdev/documents/youth/fact-sheets/youth-definition.pdf Similarly, the Government of Nepal recognizes its citizen through the certificate of citizenship on the basis of ACT. S/He can request for ...