Skip to main content

तिम्ले मलाई "म" बनायाै

तिम्ले मलाई "म" बनायाै 

कसैले सोच्नुभन्दा पहिले
मैले स‌ंसार देख्नुभन्दा पहिले
तिमी चिन्दथ्यौ रे मलाई
तिमी कल्पन्थ्याै रे मलाई

मेरी 
मा, म भारी छु
तिम्ले मलाई स‌ंसार चिनायौ

स्वार्थी थियो दुनियाँ बैरी थियो दुनियाँ
फूलको मन तिम्राे काँडा थियो दुनियाँ
कसैको गालीभन्दा पहिले
कसैको जालझेली भन्दा पहिले
तिमी मिल्दथ्याै रे मलाई
तिमी खोज्दथ्याै रे मलाई

मेरी मा, म भारी छु
हिलोमा पनि कमल फूलायाै 

रेशमी किरा भई जुनि दियाै मलाई
चोला फेर्याै स‌ंसार फेर्याै उजिल्यायाै मलाई
हात मुख जाेर्नु भन्दा पहिले
काख तताउनुभन्दा पहिले
तिमी सम्झन्थ्याै रे मलाई
तिमी हेर्दथ्याै रे मलाई

मेरी मा, म भारी छु
तिम्ले मलाई म बनायाै ।

ताज्मानिया २०७४

Comments