Skip to main content

Posts

Showing posts from January, 2016

Grants in Agriculture कृषिमा अनुदान

कृषि क्षेत्रमा अनुदान विभिन्न क्षेत्रबाट कृषि विकास मन्त्रालयबाट वितरण गर्ने अनुदान सम्बन्धमा टिकाटिप्पणी भए लगत्तै कृषि अनुदानका विवरणहरु संकलन हुन थालेको छ । कृषि विकास मन्त्रालयबाट कृषक तथा उद्यमीहरुलाई चालु आर्थिक बर्षमा करिब १२ अरब रुपैयाँ अनुदान स्वरुप वितरण गरिने कार्यक्रम स्वीकृत भएको छ जुन कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत भन्दा पनि कम हो । विश्व व्यापार संगठनको सदस्य भएको नाताले नेपाल जस्तो अल्पविकसित देशले आफ्नो उत्पादनको दश प्रतिशतसम्म रकम अनुदानमा खर्च गर्न सक्ने प्रावधान रहेको छ । कृषि विकास मन्त्रालयले कृषि प्रसार तथा मूल्य श्रृंखलामा आधारित भई विभिन्न कृषक समूह , सहकारी , संस्था तथा उद्यमीहरुलाई प्रस्तुत अनुदानका रकमहरु स्वीकृत कार्यविधि बमोजिम वितरण गर्ने गर्दछ । परम्परागत तरिकाबाट खेती गर्दा भन्दा उन्नत प्रविधिको प्रयोगबाट खेती गर्दा तुलनात्मक रुपमा बढि उत्पादन हुन्छ । यद्यपि , उन्नत प्रविधि प्रायशः बढि खर्चिलो पनि हुन्छ । त्यसैले परम्परागत खेती पद्धति अपनाइरहेका कृषकहरु उन्नत खेती पद्धति तर्फ सहजै आकर्षित भएका छैनन् । साथै नेपालमा अधिकांश कृषक...

Youth Focused Programs under MoAD 2015 [युवा लक्षित कार्यक्रम]

युवा लक्षित कार्यक्रमहरु सम्बन्धी विवरण - कृषि विकास मन्त्रालय  नीतिगत व्यवस्था ¨ राष्ट्रिय कृषि नीति २०६१- शिक्षित बेरोजगार युवाहरुलाई कृषि पेशामा आकृष्ट गर्न कृषि व्यवसाय स्थापना तथा संचालन तालिमको व्यवस्था ¨ तेह्रौं योजना-कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा विकास गरी युवा जनशक्तिलाई व्यवसायिक कृषि तर्फ आकर्षित गर्ने ¨ कृषि विभाग अन्तर्गत संचालित युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ ¨ पशु सेवा विभाग अन्तर्गत संचालित युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ ¨ विदेशमा कृषि सम्बन्धि तालिम तथा उच्च शिक्षा हाँसिल गरी स्वदेशमा व्यवसाय संचालन गर्ने युवाहरुलाई प्रोत्साहन तथा अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७१ ¨ युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७१ ¨ राष्ट्रपति उत्कृष्ठ कृषक पुस्कार वितरण निर्देशिका २०७० ¨ सिमान्तकृत समुदाय लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७२ युवाको परिभाषा  तथा लक्षित वर्ग ¨ १८ देखि ५० बर्ष सम्मका  ¨ विदेश जान खोजेका वा विदेशबाट फर्किएका ¨ स्वदेशमा कृषि व्यवस...