Skip to main content

Posts

आज फेरि मलाई ... तिम्रो याद आयो

आज फेरी मलाई... आमा तिम्रो हातको याद आयो एक्लै विरक्तिएको म तिम्रो साथको याद आयो । बलापन वा अवोधपन चकचके बानी सधै मेरो भनेको नमानी अटेरी बन्दा तिम्रो लातको याद आयो । आफै मृत्यु शैयामा पल्टिदा.... अब मेरो छोरो कसरी जिउछ भन्ने चिन्ता तिम्रो अन्तिम पटक तिम्रो काखमा निदाएको त्यो रातको याद आयो । जिन्दगीमा सबैथोक खानु तर एउटै हरेस नखानु छोरा हार्दा पनि हौस्याउने तिम्रो जजवातको याद आयो । मेरा दुई छोरा दाया र वाया आँखाको नानी सम्झाइरहने सम्बन्ध गाढा बनाउने तिम्रो वातको याद आयो ।

जसले कृषिमा भविष्य देखे- who saw future in agriculture

https://epaper-beta.ekantipur.com/kantipur/2015-02-19 जसले कृषिमा भविष्य देखे नेपाल कृषि प्रधान देश हो र यहाँका दुई तिहाई जनसंख्याले कृषिलाई खाद्य सुरक्षा , रोजगारी तथा आय आर्जनको प्रमुख श्रोत बनाएका छन् । देशको कुल गार्हस्थ उत्पादनमा पनि कृषि क्षेत्रले सबै भन्दा बढि (३५.३६ प्रतिशत) योगदान गर्दछ । यद्यपि , देशका अधिकांश युवाहरु कृषि क्षेत्रमा खासै रुची राखेको पाईँदैन । दैनिक १३०० भन्दा बढि युवाहरु रोजगार लगायत विभिन्न बहानामा विदेशिने सरकारी तथ्याङ्कमा उल्लेख छ । विदेशिएका युवाहरु मध्ये पनि कतिपय त कृषि पेशामा संलग्न छन् । खासगरी , दक्षिण कोरिया , साउदी अरेबिया , इजरायल , कतार , मलेशिया , जापान लगायतका देशहरुमा कृषि पेशाको लागि कामदारको माग हुन्छ । स्वदेशमा रोजगारीको अवसर नपाउँदा रोजगारीको लागि विदेशिने युवाहरुको संख्या ३० लाख नाघिसकेको अवस्थामा केहि युवा तथा उद्यमीहरु भने नेपालमा नै भविष्य बनाउन लागिपरेका छन् । कोहि बैदेशिक रोजगारबाट फिरेका छन् त कोहि विदेश जानसक्ने युवाहरुलाई स्वदेश फिर्ता गराउन वा विदेश जानबाट रोक्न कृषि क्षेत्रमा लागेका छन् र कृषि क्षेत्रमा व्यवसायिकरणको सम...

आमा - कबिता

आमा, तिमी त अझै उस्तै देखिन्छेउ,  चाउरिन नपाएका गाला,  नफुलेका काला कपाल,  कान्ति छाउने हाँसो, उस्तै देखिन्छेउ....हिजो पनि, आज पनि, हाम्रो सुखको लागि तिमी ले जो दुख गर्येउ, तेही दुखमा भुलेर कहीले सारी फेरेउ?  मान्छे-मान्छेको भिडमा निस्वार्थी माया गर्ने खोजिरहेछु, या त तिमीनै औछेउ, या पठौछेउ कोहि, आस गरिरहन्छु दिन त हामी सर्बस्वो नै दिन तैयार,  तर लिने तिमी मौन, तेसैले स्रद्धा सुमन! आमा चिर शान्ति! सन्तोष अधिकारी

sketch by santosh adhikari

आधा आकाश- कबिता

आधा आकाश  गाँस बास कपास, तिमीसँगै रहुँ म हर साँस । तिमी विना म अपुरो, तिमी हौ मेरो आधा आकाश ।। चिनारी यो होईन पुरानो तर लाग्छ जुनी जुनीको । एउटै जुनीले पुगेन सधैं भरिको छ यो आश । सधै यस्तै रहोस सम्बन्ध चाहना र कामना । हलपल हरदिन तिम्रो पाउँ मायाको आभाष ।। तिमी विना म अपुरो, तिमी हौ मेरो आधा आकाश ।।